पाथीभरा माताको दर्शन गरी २०७६माघ १९ गते आइतबारको राशिफल हेर्नुहोस्, यी ३ राशिलाई आज धन लाभको योग छ !

सूचना दैनिक
आइतवार, माघ १९, २०७६

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा विश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागि हुँनेहरुले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाति सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ।बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन्। रोकिएर बसेका कामहरु बन्नुको साथै विस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो काम गरि प्रशिद्धि कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुटुम्ब तथा बोली भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बाेलीको माध्ययमबाट राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । अवसरहरुको सदुपयोग गर्न नसक्दा विभिन्न फाईदा जनक कामहरु अरुकै पोल्टोमा पर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तह टाढिनेछन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाइको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरि आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु फराकिला हुँनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पति प्रयोग गरि मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयले साथ दिने हुदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारकाे लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाइको भुमिका महत्वपूर्ण हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाइको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरका लागि समयले साथ दिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नसोचेको धन तथा सम्पति हात लागि हुनेछ भने चिट्ठा प्राप्तीको गतिलो योग रहेकोछ । आफन्त तथा दिदि बहिनिबाट सहयोग तथा समर्थन पाइनेछ । सुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाढि सके फाइदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु राख्न सकिनेछ । प्रयत्न गर्दा पदिय जिम्मेवारि प्राप्त हुनेछ । व्यवसायिक यात्राको तय गर्न सकिनेछ भने कर्म फल प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेकोछ भने व्यापारको शिलशिलामा गरिने यात्रा निअर्थक हुनेछ । सवारी साधन तथा बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आत्मबल तथा सम्यम्मता गुमाउदा आफैलाई घाटा लाग्न सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहँदा नचाहँदै टाढिनु पर्ने बाध्यता आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नया उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाइको कुरा काट्ने तथा विरोध गर्नेहरु तपाइकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाइकै पक्षमा फैसला हुनेछन् । शरिर स्वास्थ्य रहने हुनाले राम्रा काम गरि दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजाकाम साथ तपाइको नाम अग्र स्थानमा आउनेछ ।मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय राम्रो रहेकोले थोरै समयमा उपलव्धिमुलक कामहरु बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरु बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पति हात लागि हुनेछ । पढाइ लेखाइकै सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नोकरिमा पदोन्नति हुने योग रहेकोछ । सन्तान तथा आफन्तको सहयोग पाउदा मन प्रशन्न हुनेछ ।