दृष्टिबिहिनहरु पनि अन्य सामान्य मानिसहरु जस्तो कुनै कुरामा कम छैनन् भन्ने कुरा केहि सँगीतप्रेमी दृष्टिबिहिनहरुले प्रमाणित गरेका छन् ।
युटुब दुनियाँमा नयाँ प्रकारको युटुब च्यानल खोल्दै आफ्नो कला देखाउन थालेका लाईभ म्युजिक नेपालका ९ जना दृष्टिबिहिनहरुको कलालाई उजागर गर्न शिशिर भण्डारीले आफ्नो युटुब च्यानलमा ल्याए ।
सँगीतका बिभिन्न पाटोमा सँलग्न भई सँगीतमै भविष्य खोजिरहेका यि दृष्टिबिहिनहरुको भिडियो युटुब र फेसबुकमा रातारात भाईरल भैरहेको छ ।
उनीहरु पुराना नेपाली गीतहरुमा लाईभ म्युजिक बजाउँदै दर्शक र स्रोताको मन जित्ने गर्दछन् । कुरा गर्दै गर्दा उनीहरुले आफुहरुलाई निक ठुलो समस्या रहेको पनि बताए । भिडियो हेर्नुस