चिनमा मास्क अभाव : प्रयोगमा आउन थाल्यो ‘ब्रा, पेन्टी, काटिएको ड्रम, सेनेटरी प्याड आदि’ (फोटोसहित)

सूचना दैनिक
आइतवार, माघ १९, २०७६

चिनमा लगाएत विश्वभर लगातार फैलिदै गएको कोरोना भाइरसका कारण दशौँ हजार मानिस प्रभावित भएका छन्। भाइरस संक्रमण हुनबाट बच्न मास्कको प्रयोग अत्याधिक बढेपछि चीनमा मेडिकल मास्कको अभाव हुन थालेको छ। बजारमा मास्क पाउन छाडेपछि मानिसहरु अनेक उपाए अपनाउन थालेका छन्।

चिनका ठुला-ठुला स्टोरमा समेत मास्क अभाव छ। त्यो अभाव संगै अनुवार्य यात्रागर्नुपर्ने चिनीयाहरु मास्कको सट्टा महिलाको गोप्य बस्त्र ब्रा पेन्टी लगाएत सुन्तलाको बोक्रा, आधा काटिएको ड्रम र पुरै प्लास्टिकले कभर भएर हिड्न थालेका छन्।

चीनको वुहान सहरबाट फैलिएको नोवल कारोना भाइरको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर फिल्टर माक्स’को माग अत्यधिक बढेको छ। काठमाडौंका मेडिकल तथा सर्जिकल स्टोरमा मास्क किन्ने चिनियाँ नागरिकको भीड बढ्दो छ।सबैभन्दा सुरक्षित ‘एन–९५ मास्क’को भने अभाव देखिएको छ। नेपालमा चीनबाट आयात हुने मास्क अहिले भाइरस संक्रमणबाट बच्न चिनियाँ नागरिकले नै किनेर आफ्नो देश लगिरहेका छन्।

यसको फाइदा प्रत्यक्ष बिक्रेताभन्दा बढी एजेन्टहरुले लिइरहेको ठमेलका रेस्टुराँ व्यवसायी बुद्धसिंह गुरुङले बताए। ‘एजेन्टले हाम्रो बजारमा स्टक नै सकिने गरी मास्क उठाइरहेका छन्,’ उनले भने ‘केहीले स्थानीय फार्मेसीका लागि मास्क लुकाएर राखेका छन्।’ उनले दुई सातायता बजारमा मास्कको माग अचाक्ली बढेको बताए।चिनियाँहरुले ‘एन–९५ मास्क’ खोज्ने गरेका छन्। बिक्रेताहरुका अनुसार ‘एन–९५ मास्क’ खोज्दै आउने चिनियाँहरुले साधारण ‘पेपर मास्क’ मात्र छ भन्दा लाँदैनन्। कतिपय चिनियाँले भने साधारण मास्क पनि किन्ने गरेका छन् !