खुसिको खबर: आविष्कार भयो कोरोना भाइरसको खोप सक्दो शेयर गर्नुहोस !

चीनको विशेष प्रशासकीय क्षेत्र हङकङका अनुसन्धानकर्ताले बुधबार हाल विश्वमा सन्त्रास फैलाइरहेको कोरोना भाइरसको खोप आविष्कार गरेको दाबी गरेका छन्। तर तिनीहरूले यसको सफल परीक्षण गर्न केही समय लाग्ने बताएका छन्।सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोक युङले आफ्नो अनुसन्धान टोलीले खोप विकास गरेको बताएका हुन््। हङकङ विश्वविद्यालयका प्राध्यापक युनले खोप तयार भइसके तापनि जनावरमा यसको परीक्षण गर्न लामो समय लाग्ने बताएका छन्।

चीनमा बुधबारसम्ममा १ सय ३२ जनाको ज्यान लिइसकेको कोरोना भाइरसको खोप विकास गर्न मुख्य भूमि चीन र अमेरिकाका वैज्ञानिकहरू पनि लागिपरेका छन्यो खोप जनावरमा परीक्षण गर्न महिनौं लग्ने त्यसपछि मानिसमा प्रयोग गर्न अर्को एक वर्ष लाग्न सक्ने बताइएको छ।

चीनको हुबेई प्रान्तस्थित वुहानबाट फैलिएको यो भाइरस दर्जनभन्दा बढी मुलुकमा पुगिसकेको छ।यसबाट कम्तीमा ६ हजार मानिस संक्रमित भइसकेका छन्। कोरोना भाइरस फैलने क्रम तीव्र भएपछि वुहान शहरलगायत अन्य केही शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। सिंगापुर र जर्मनीमा पनि यो

भाइरसको घटना सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमा संक्रमित हुनेको संख्या पनि बढेको छ। चिनियाँ नयाँ चान्द्रिक वर्ष मनाउने समयमा कोरोना भाइरसले प्रकोपको रुप लिएको हो। यस पर्वको दौरान लाखौं चिनियाँ आफन्त र साथीहरूलाई भेट्न जाने गर्दछन्।

यस भाइरसको प्रसारमा रोक लगाउन सरकारले नयाँ वर्षको बिदा तीन दिन थपेर आइतबारसम्म लम्ब्याइएकोे हो। चीन सरकारले आफ्ना नागरिकलाई विदेश यात्रा नगर्नका लागि सचेत गराएको छ। अमेरिकी सरकारले पनि आफ्ना नागरिकलाई चीन यात्रा नगर्न सूचना जारी गरिसकेको छ। विदेशीहरू चीनबाट फर्काइँदैवुहान

शहरबाट अहिले हजारौं संख्यामा विदेशी नागरिकलाई बाहिर लाने काम तिव्र गतिमा भइरहेको छ। अस्ट्रेलियाले चीनबाट ल्याइएका आफ्ना संक्रमणको आशंका गरिएका नाागरिकलाई मुख्यभूमिभन्दा २ हजार किमि टाढाको क्रिसमस टापुमा क्वारेन्टाइन गरिने बताएको छ।त्यसैगरी जापान, संयुक्त राज्य अमेरिका र युरोपेली संघ (ईयू) पनि आफ्ना नागरिकलाई चीनबाट स्वदेश फर्काउँदै छन्।

ब्रिटिस एयरवेजले चीनबाट आउने र जाने सम्पूर्ण उडान स्थगित गरेको छ।बेलायतको विदेश मन्त्रालयले नभइ नहुने अवस्थामा बाहेक चीन भ्रमणमा नजान जनतालाई सूचना जारी गरेको छ। युनाइटेड एयरलायन्स र क्याथे प्यासिफिकलगायत थुप्रै एयरलायन्सले चीनतर्फका उडान रद्द गरिसकेका छन्।

यसैगरी शनिबारदेखि लायन एयरले पनि आफ्ना उडानहरू बन्द गर्दै छ। यसैबीच अस्ट्रेलियाली सञ्चार माध्यमले ओलम्पिक छनोट प्रतियोगिता खेल्न अस्ट्रेलिया आइपुगेका चीनको रष्ट्रिय महिला फुटबल टोलीलाई क्वारेन्टाइन गरिएको जनाएको छ।

खेलाडी तथा कर्मचारीसहितको ३२ जनाको टोलीलाई ५ फेब्रुअरीसम्म ब्रिस्वेनको एउटा होटेलमा छुटै राखिन लागेको बताइएको छ। यस टोलिले ३ फेब्रुअरीमा थाइल्यान्डसंग खेल्दै छ। यसैबीच चर्चित फर्निचर उत्पादन कम्पनी इकियाले चीन सरकारकै अनुरोधमा चीनमा रहेका आफ्ना ३० वटा स्टोर अनिश्चित कालका लागि बन्द गर्ने भएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का एकजना विशेषज्ञले कोराना भाइरसको महामारी चरमविन्दुमा पुग्न अझै दस दिन लाग्न सक्ने बताएका छन्। सार्स र इन्फ्लुएन्जा भाइरसले जस्तै यस नयाँ कोरोना भाइरस विशेष गरी उमेर ढल्केका र पहिलै कुनै रोग लागेर कमजोर अवस्थामा पुगेका व्यक्तिहरूलाई आक्रमण गर्ने बढी सम्भावना रहेको बताइएको छ।वुहान शहरमा यात्रामा प्रतिबन्ध लगाइएपछि सुनसान देखिएको छ।

सडक, खेलमैदान, सपिङ मललगायत जताततै सुनसान देखिन्छ भने कहिलेकाहीं एम्बुलेन्स दौडिएको देख्न सकिन्छयसैबीच चीन सरकारले आगामी १० फेब्रुअरीसम्म शांघाईमा कार्यालय सञ्चालनमा रोक लगाएको छ।

ई दिनमै अस्पताल तयारचीनमा कोरोना भाइरस ग्रस्तहरूका उपचारका लागि केवल ४८ घन्टामा चिनियाँ कामदारले तयार गरेको एक हजार सैयाको आधुनिक सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याइएको छ।कोरोनाको शुरुवात भएकै शहर वुहान सहरमा यो अस्पताल बनेको हो।

चीन सरकारले कोरोना भाइरसको महामारी रोक्न १० दिनभित्रै आवश्यक अस्पताल निर्माण गर्ने घोषणा गरी तत्काल कामदार परिचालन गरेको थियो।सरकारी आदेश प्राप्त हुनासाथ दिनरात खटेर चिनियाँ कामदारले सो अस्पताल तयार पारेका हुन्। अस्पताल बनाउन सयौं डोजर र एस्काभेटर प्रयोग गरिएको थियो।

प्रकाशित मिति February 3, 2020

प्रतिकृया दिनुहोस