२ दिनसम्म नघटेको सुनको मुल्य आज यति धेरै घट्यो

सूचना दैनिक
मङ्लबार, माघ २१, २०७६

काठमाडौं । साताको तेस्रो दिन आज सुनको भाउ घटेको छ ।

आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । आज तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

हिजो (सोमबार)र अस्ति (आइतबार) तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेको हो । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।