झापामा घट्यो मुटु कमाउने घटना : ढुङगाले हानेर मरेपछि परालको कुन्युमा लगेर जलाइयो मान्छे

झापामा घट्यो मुटु कमाउने घटना : ढुङगाले हानेर परालको कुन्युमा लगेर जला इयो मान्छे

बिर्तामोड । झापा बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा आज एक घटनाले समाजलाई भयवित बनाएको छ ।

चारपाने चोक मुख्य राजमार्गबाट करिव ३ सय मिटर दक्षिण राजगढ जानेबाटो पूर्वमा घटना घटेको छ । घटनाको प्रकृतिलाई हेर्दा ढुङगाले हानेर परालको माचमा लगेर जलाईएको अनुमान गर्न सकिन्छ ।

परालको माचमा हात,खुट्टा जलेको अवस्थामा श-व देखिन्छ, श-व भएको ठाउँबाट सय मिटर पश्चिममा रगत लतपतिएको छ, त्यसै गरि करिव सय मिटर पूर्वमा पनि रगत तलपतिएको ढुङ्गा र का-टिएको जस्तो शरिरको कुनै अंग देखिन्छ ।

घटना कस्ले घटायो कस्लाई ह-त्या गरेको कतिजनाको ह-त्या भएको भन्ने अहिले सम्म खुल्न सकेको छैन । घटना अनुसन्धनको लागि प्रहरीले विहानै देखि सो क्षेत्रमा सर्वसाधरणहरुलाई जान दिएको छैन । यो समाचार तयार पार्दा सम्म तालिम प्राप्त कुकुर ल्याएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति February 4, 2020

प्रतिकृया दिनुहोस