यस कारण कमेडी च्याम्पियनले माग्यो क्षमा

काठमाण्डु,२१माघ–कमेडी च्याम्पियनका प्रतिस्पर्धी हिमेश पन्तको प्रस्तुतिले हिन्दू धर्मावलम्बीको मनोभावनामा ठेस पुर्याीएको भन्दै विवादमा तानिएपछि आयोजक टीमले माफी मागेको छ ।

गत साता प्रतिस्पर्धी हिमेश पन्तले कमेडीको रूपमा सीतालाई रक्सी खुवाएको भए साँचो बोलिहाल्थिन् नि १ भन्ने लाइन बोलेका थिए । उक्त भनाइसँगै उनी विवादमा तानिएका थिए।

हिन्दू धर्मसँग सम्बन्धित केही संस्थाहरूले उक्त भनाइप्रति आपत्ति जनाउँदै कान्तिपुर टेलिभिजनमा ज्ञापनपत्र समेत बुझाएका थिए ।

ज्ञापनपत्र बुझाएसँगै कमेडी च्याम्पियनले सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेको हो ।
कमेडी च्याम्पियनले लेखेको छ, विगतको श्रृंखलामा प्रतिस्पर्धी हिमेश पन्तको प्रस्तुतिले हिन्दू धर्मावलम्बीको मनोभावनामा ठेस पुग्न गएकोमा कलाकार हिमेश पन्त र कमेडी च्याम्पियन क्षमायाचना गर्दछ ।

परीक्षा आउन लाग्दा विध्यार्थीको यतिसम्म चर्तिकला, हसाएर मार्ने भिडियो एकपटक अवस्य हेर्नुहोला

आगामी दिनमा सम्पूर्ण धार्मिक आस्थाको उच्च सम्मान गर्दै प्रस्तुति तयार गर्न सबै प्रतियोगी र निर्माण परिवार प्रतिबद्ध छ ।

प्रकाशित मिति February 4, 2020

प्रतिकृया दिनुहोस