श्रीमती प्रेमीसँग भागिन्ः श्रीमानले पुत्ला बनाएर गरे अन्तिम श्रद्धाञ्जली, छोराले लगाए आगो

सूचना दैनिक
बुधबार, माघ २२, २०७६

भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्र निवासी राजिव कुमारले आफ्नी श्रीमतीको धोकाबाट रुष्ट भएर उनलाई सामाजिक बहिष्कारको सन्देश नयाँ तरिकाले दिएका छन् । श्रीमानको आरोप अनुसार उनकी ३२ वर्षीया श्रीमती आफ्नो प्रेमीसँग भागेकी छिन् । उनी अहिले आफ्ना प्रेमीसँग राँचीमा बसिरहेकी छिन्

यसबारे विरोध जताउनका लागि श्रीमानले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरे । उनका छोराले आफ्नी आमाको पुत्लालाई आगो लगाए । राजिवले अब उनका लागि उनकी श्रीमतीको मृत्यु भइसकेको छ । ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भागिन् ।’