कोठाभित्र आमा–छोरीको श’व गन्हा’एको अवस्थामा फे’ला, बाहिरबाट ताला लगाएर ह’त्या’रा फ’रा’र !

पर्सा । वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित शिवनगर टोलमा सोमबार साँझ आमा–छोरीको श’व फे’ला परेको छ ।

अन्दाजी २२-२३ वर्षकी महिला र उनको एक÷डेढ वर्षकी छोरीको श’व फे’ला परेको हो । उनीहरु भाडामा बस्दै आएको घरकै कोठामा श’व फे’ला परेको हो ।

शवको प्रकृति हेर्दा करिब ७/८ दिन अघि नै ह’त्या’ भएको हुन सक्ने प्रहरीको भनाइ छ । बाहिरबाट ताला लगाएको अवस्थामा कोठाभित्र भुईमा आमाछोरीको श’व फे’ला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घरधनीले कोठाबाट ग’न्ध आएको र भाडामा बस्दै आएका मानिस केही दिनदेखि नदेखिएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले ढोका फोडेर हेर्दा आमाछोरीको श’व गन्हा’एको अवस्थामा फेला पारेको हो ।

प्रहरीका अनुसार उक्त कोठामा एक पुरुष र मृ’तक दुई जना गरी जम्मा तीनजना बस्दै आएका थिए । मृतक महिला र ती पुरुष पति–पत्नी रहेको बताइन्छ । घरबेटीले प्रहरीलाई दिएको जानकारीअनुसार उनीहरुले आफ्नो घर बाराको कलैया उपमहानगरपालिका–२६, सिसुवा बताएका थिए ।

तर पत्नी र छोरीको श’व कोठामा कुहिन थालेको अवस्थामा पनि पति फेला नपर्नुले घ’ट’ना र’ह’स्य’मय भएको प्रहरीको भनाइ छ । ‘उसले घरबेटीलाई दिएको विवरण अनुसार हामी सम्बन्धित क्षेत्रमा खोजतलास गरिरहेका छौं,’ अ’नु’सन्धानमा संलग्न एक प्रहरीले भने, ‘अहिले नै केही भन्न सकिने अवस्था छैन ।’

प्रहरीले दुवै श’व पो’स्ट’मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा पठाएको छ । पो’स्टमार्टम रिपो’र्टपछिमात्र घ’ट’नाबारे थप जानकारी हासिल हुने प्रहरी बताउँछ ।

प्रकाशित मिति February 5, 2020

प्रतिकृया दिनुहोस