कैलालीमा मला-मी नलगेको भन्दै ९ वर्षीया बालिकाले गरिन् झुण्डि-एर आत्मह-त्या

सूचना दैनिक
बुधबार, माघ २२, २०७६

कैलालीमा बुबाको गलबन्दीले झुण्डि-एर ९ वर्षीया बालिकाले आत्मह-त्या गरेकी छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ५ मा झुण्डिएर बिन्दु चौधरीकी ९ वर्षीया छोरीले शुक्रबार आत्मह-त्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख दक्षकुमार बस्नेतले बुवाआमा छिमेकीको मला-मीमा गएपछि संगै नलगेको भन्दै बालिकाले घरको कोठामा झुण्डि-एर आत्मह-त्या गरेको बताए। आमाबुबाले आफूहरुसंगै नलगेपछि आ-क्रोशित भएका उनले टेबुलमाथि चढेर बुबाको गलबन्दीले झुण्डि-एर आत्मह-त्या गरेको बस्नेतले बताए।

बस्नेतका अनुसार झुण्डि-एका बेला हजुरआमाले देखेपछि तत्काल उद्दार गरी उपचारका लागि टीकापुर अस्पताल पुगाएपनि उनलाई बचाउन नसकिएको हो। सुदूरपश्चिममा पछिल्लो समय आत्मह-त्या गर्ने क्रम बढ्दै गएको छ।

प्रहरीका अनुसार हरेक तीन दिनमा सुदूरपश्चिममा चार जनाले आत्मह-त्या गर्दै आएका छन्। पछिल्लो समय बालबालिकाले आत्मह-त्या गर्ने क्रम बढेको प्रहरीले जनाएको छ।