गच्छदार लाई मु`द्दा परेपछि देउवाले दिए सडक मा आगो बाल्ने निर्देशन

सूचना दैनिक
बिहिबार, माघ २३, २०७६

काठमाडौं, २३ माघ । वालुवाटारस्थित ललिता निवास जग्गा प्र`करणमा आफ्ना बरिष्ठ नेता बिजयकुमार गच्छेदार तानिएपछि नेपाली काँग्रेसले सरकारवि`रुद्ध जवाफी रणनीति तयार गर्न थालेको छ ।

काँग्रेसले आज अपरान्ह पत्रकार सम्मेलन नै गरेर जवाफ दिने तयारी गर्दै गर्दा आवश्यक छलफलका लागि काँग्रेसका नेताहरु जुटेका छन् ।

गुटगत लडाईले आफैमा कमजोर बन्दै गइरहेको समयमा नेता गच्छेदार जग्गा प्रकरणमा तानिएपछि काँग्रेस झनै सं`कटमा परेको सर्वत्र महसुस गरिन थालिएको छ ।

एक दशक मधेस केन्द्रित दल (तत्कालीन मधेसी जनअधिकार फोरम र पछि फोरम लोकतान्त्रिक)मा रहेर पुनः काँग्रेसमा फर्किएका गच्छेदार काँग्रेसमा पुनः पुरानै भूमिकामा स्थापित हुने प्रयासमा थिए ।

पार्टी सभापति शेरबहादुर देउवाको निकटमा रहेर काँग्रेस भित्र पकड बलियो बनाउदै लगेका गच्छेदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टा`चार मु`द्दा दायर गरेपछि काँग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

नेपाली राजनीतिक चतुर खेलाडीकोरुपमा स्थापित गच्छेदारको सांसद पद विशेष अदालतमा मुद्दा दायर हुने वित्तिकै निलम्बनमा परेको छ ।

२०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापना पछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न नछुटेका गच्छेदार नेपाली राजनीतिको पनि सदाबहार खेलाडीकोरुपमा आफुलाई स्थापित गर्न सफल हुँदै आएका थिए ।

ललिता निवास जग्गा प्रकरणमा प्रत्यक्ष जोडिएका नेकपाका केही नेताहरुले ‘उन्मुक्ति’ पाउनु र गच्छेदार भने तानिदा काँग्रेसले मात्र नभई धेरै स्वतन्त्र विश्लेषकहरुले पनि यस्लाई संशयपूर्णरुपमा लिएका छन् ।

काँग्रेसका शीर्ष नेताहरु अहिले पार्टी सभापति देउवा निवासमा छलफलमा जुटिरहदा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उपसभापति गच्छेदारमाथि दायर गरिएको मुद्दालाई राजनीतिक प्रतिशोधकोरुपमा हेरिनु पर्ने आग्रह गर्नु भएको छ ।

उहाँले लालझण्डा ओढ्ने वित्तिकै सबै खत माफ हुने पुरानो आफ्नो भनाइ दोहो¥याउदै अपराधको भाग अब काँग्रेसको शीर माथि मात्र ठड्याइएको भन्दै सचेत बन्न काँग्रेस कार्यकर्तालाई आव्हान गर्नु भएको छ ।

देउवा निवास बुढानिलकण्ठमा जारी अनौपचारिक वैठकले आज अपरान्ह पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने रणनीति तय गर्ने भएको छ ।

काँग्रेसले अख्तियारको निर्णयविरुद्ध भोलिदेखि नै भातृ संगठनलाई सडकमा उतार्ने तयारी गर्ने भएको छ भने सरकारको विरोधमा देशभर बिभिन्न कार्यक्रम गर्ने पनि भएको छ ।