श्रीमती केटासँग भागेपछि श्रीमानले पुत्ला बनाएर गरे अन्तिम श्रद्धाञ्जली, छोराले दिए दागबत्ती

सूचना दैनिक
बिहिबार, माघ २३, २०७६

काठमाडौं । पछिल्लो समय हाम्रो समाजमा अवैध सम्बन्ध एक आम समस्याजस्तै भएको छ । हरेक व्यक्ति यस खालको समस्याबाट ग्रसित छ । यो बीचमा भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्र निवासी राजिव कुमारले आफ्नी श्रीमतीको धोकाबाट रुष्ट भएर उनलाई सामाजिक बहिष्कारको सन्देश नयाँ तरिकाले दिएका छन् । उनकानुसार उनकी ३२ वर्षीया श्रीमती आफ्नो प्रेमीसँग भागेकी छिन् । उनी अहिले आफ्ना प्रेमीसँग राँचीमा बसिरहेकी छिन् ।

यसबारे विरोध जनाउनका लागि श्रीमानले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरेका छन् । उनका छोराले आफ्नी आमाको पुत्लालाई आगो लगाए । राजिवले अब उनका लागि उनकी श्रीमतीको मृत्यु भइसकेको बताएका छन् । ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भागिन् ।’ भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् । विरोध गर्ने उनको यो शैलीले धेरैलाई चकित बनाएको छ ।