नेकपा नेताको काठमाडौको मुटु नयाँ बानेश्वरमा नै रहस्यमय मृत्यु

सूचना दैनिक
बिहिबार, माघ २३, २०७६

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताको राजधानी काठमाडौको मुटु नयाँ बानेश्वरमा नै रहस्यमय मृत्यु भएको छ । नेता हरिदेव गिरीको मंगलबार राति नयाँबानेश्वरको आलोकनगरमा रहस्यमय मृत्यु भएको छ ।

गम्भीर अवस्थामा भेटिएका गिरीको सिभिल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । गिरीको शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले अनुसन्धानका लागि ४ जनालाई पक्राउ गरेको छ । उनको रहस्यमय मृत्यु भएको भन्दै परिवारले निष्पक्ष छानविनको माग गरेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीकाअनुसार घटनाको अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको छ । गिरी शरीरका विभिन्न अं ग र छा तिमा नि लडाम रहेको, नाक, माथिल्लो र ओठमा ग हिरो चो ट लागेको अवस्थामा भेटिएका थिए । ५१ वर्षीय उनी नेकपा काभ्रेका जिल्ला नेता हुन् ।