आमा बितेपछि बिष्णुमाया लो मुर्छा परिन् ! हेर्नुहोस- भर्खरै यस्तो कहालीलाग्दो भिडियो आयो (भिडियो हेर्नुहोस)

सूचना दैनिक
शुक्रबार, माघ २४, २०७६

आमा अस्पतालको बेडमा जिवनसंग लडिरहेकी, बुवा पनि अस्वस्थ्य । आमा र बुवा क्यान्सर पीडित भएपछि एक जना १७ वर्षकी बालिकाको अवस्था के भयो होला ? आमाबुवाको काखमा लुटुपुटु गर्ने बेलामा आमाबुवाको जिवन बचाउन संघर्ष गरेकी विष्णुमाया लो को जिवनमा विहिवार नसोचेको वज्रपात भयो । उनले एक दिन अघि मात्र सामाजिक सञ्जालमा रुँदै आफ्नो आमाबुवालाई बचाईदिन अपिल गरेकी थिइन् । तर विहिवार भने उनको आमाले संसार छाडिन् ।

किशोरीले रुँदै सामाजिक सञ्जालमा सहयोगको याचना गरेपछि उनका लागि आर्थिक सहयोग जुटाउन अभियान सुरु भएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ता शिशिर भण्डारी मार्फत आर्थिक संकलन हुन सुरु भएको थियो । विष्णुमायाको बुवाको घाँटीको क्यान्सर भएको हो। उनको श्वर बसको थियो सुरुमा । सेकाएपछि घाउ भयो । उनको आमाको पनि घाँटीमै क्यान्सर भएको हो । बुवाको भन्दा आमाको अवस्था नाजुक भएको थियो । छोरा १२ कक्षामा पढ्छन् आमाबुवाको उपचारको लागि रिक्सा चलाएर हिड्छन् । छोरीले अस्पतालमा रेखदेख गरिरहेकी छन् ।
शिशिर भण्डारी भन्छन्- साह्रै मन रोयो, दुख लाग्यो
बिष्णु माया लोको आमा र बुवालाई बचाउन सहयोग अपिल गरिरहँदा बहिनीले आफ्नो आमा गुमाएकी छिन् । बहिनी आफुलाई बलियो बनाऊँ
आमाको आत्माले शान्ति पाओस, हामीलाई बहिनीको बुवालाई जसरी भएपनि बचाउनुछ, कृपया सबैले सक्दो सहयोग गर्नुहोला, सक्दो शेयर गरिदिनुस
सहयोगका लागि
शिशिर भण्डारी-9811006929