मोरङ को एक उखुबारीमा युवती को बीभ`त्स ला`स

सूचना दैनिक
शुक्रबार, माघ २४, २०७६

२४ माघ, विराटनगर । मोरङको विराटनगर १२ बखरीमा एक महिलाको श`व भेटिएको छ ।

घाँ`टी का`टेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको श`व रहेको उखुबारीमा भेटिएको हो ।श`वको पहिचान नखुलेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । उनले अ`नुसन्धान जारी रहेको बताए ।

अघि बढ्याे नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी

काठमाण्डौ – सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ बनाउने काम अघि बढाउने तयारी थालिएको छ । सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो । 

चीनियाँ निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, जनशक्ति ल्याउनेलगायतका काम अघि बढाएको सडक विभागले जनाएको छ ।

कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पुहँच सडक निर्माण सुरु गरिसकेको सडक विभाग विकास समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो ।

यसै आयोजनाअन्तर्गत काठमाण्डौंतर्फ बलम्बुसम्म दुई दशमलव पाँच प्रतिशत र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ । आयोजना हेर्ने गरी क्याम्प कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कम्पनीले आवश्यक तयारीको काम गरिरहेको पाइएको छ ।’