अबदेखि एकल पुरूषले पनि भत्ता पाउने

बझाङ । थलारा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ। गाउँपालिका भरिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय भएको छ । गाउँ पालिकाले एकल पुरुषलाई भत्ता दिने प्रस्ताव पारित गरेर आर्थिक वर्ष २०६७ ०७७ को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको हो ।

गाउँपालिकाले ५० वर्ष नाघेका एकल पुरुषलाई सामाजिक सु’रक्षा भत्ता उपलब्ध गराउन लागेको अध्यक्ष भुवनेश्वर उपाध्यायले जानकारी दिनु भयो । अध्यक्ष उपाध्यायका अनुसार एकल पुरुषले मासिक ५ सय रुपैयाँ समाजिक सु’रक्षा भत्ता पाउने छन् । थलारा गाउँ पालिका भरिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यसको लागिगाउँपालिकाका ९ वटै वडामा तथ्याङ्क संकलन कार्य भइरहेको छ ।पत्नी दि’वंगत भएर एकल बसेका वा विवाह नै नगरी एकल बसेका पुरुषलाई समेत गाउँपालिकाले समाजिक सु’रक्षा भत्ता उपलब्ध गराउन लागिरेहेको हो। नगरपालिकाको यस्तो निर्णय पछि सबै वडाले एकल पुरुषको निवे‍दन, नागरिकता, पत्नी मृ’त्युको प्रमाणपत्र र तस्बिर संकलन कार्य गरिरहेका छन् ।

प्रकाशित मिति February 7, 2020

प्रतिकृया दिनुहोस