चमेरो र बिरालोबाट कोरोना भाइरस सरेको पुष्टी, सावधानी अपनाउन अनुरोध !

सूचना दैनिक
शुक्रबार, माघ २४, २०७६

बिबिसी – मध्यचीनको वुहान सहरस्थित एउटा माछा बजारबाट नयाँ कोरोनाभाइरसको स ङ्क्रमण सुरु भएको वैज्ञानिकहरूले शङ्का गरेका छन्। उक्त भाइरस झन्डै १७,००० हजार मानिसमा सरेको र त्यसका कारण ३६१ जनाको निधन भएको पुष्टि भइसकेको छ। त्यो बजारमा सर्प, दुम्सीआदि जीवलाई पिँजडामा राखेर खाना वा औ षधिको रूपमा प्रयोग गर्न बेच्ने गरिन्थ्यो।

तर त्यस क्षेत्रमा पशुस्वास्थ्यको जाँच सुरु भएसँगै त्यो क्रम रोकिएको छ। चीन वैध र अ वैध वन्यजन्तुजन्य उत्पादनका लागि सबैभन्दा ठूलो उपभोक्ता हो। विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूका अनुसार चमेराहरू कोरोना भा इरसका मुख्य स्रोत हुन सक्छन्।

तर मानिसमा सर्नुअघि त्यो भा इरस चमेराबाट अन्य जीवमा सरेको हुन सक्छ। तर त्यसको पहिचान भइसकेको छैन। चीनमा धेरै वन्यजन्तुका उत्पादनहरू स्वादका लागि खाने गरिन्छ। केहीलाई ‍औ षधिका रूपमा पनि प्रयोग गर्ने परम्परा रहेको छ।

चीनका कैयौँ स्थानमा रेस्टुराँहरूमा चमेराको मासुको सूप तथा बाघको अ ण्डको षको सूपजस्ता परिकार बेच्ने गरिन्छ। कतैकतै गोमन सर्प, भालुका पन्जाका परिकार र बाघको हाड हालिएका र क्सी पाइन्छ। साना बजारमा चाहिँ मुसा, बिराला र स ङ्कटमा परेका विभिन्न पक्षीका परिकार पाइन्छ।

चीनमा धेरै अध्ययन गरेका एक अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाका एक अनुसन्धानकर्ता भन्छन्: ‘येवेई’ (अर्थात् चिनियाँ भाषामा जङ्गली स्वाद) शब्द चीनभरि नै चलनचल्तीमा रहेको छ। त्यसको सांस्कृतिक अर्थ साहस, कौतूहल र सम्मानको मिश्रण हुन्छ। वन्यजन्तुबाट बनाइएका परिकार खानाले नपुंसकता तथा बाथ रोग निको हुने चिनियाँ विश्वास रहिआएको छ।