पोखरामा चितुवाको आ’क्रमणबाट बालिकाको मृ’त्यु , स्थानीय त्रा’समा

सूचना दैनिक
शुक्रबार, माघ २४, २०७६

२४ माघ २०७६, शुक्रबारकाठमान्डौ/ पोखरा महानगरपाकिला ३२ मा चितुवाको आ’क्रमणबाट एक बालिकाको मृ’त्यु भएको छ । गए राति पोखरा ३२ कोठे गाउँकी ७ बर्षिया पुजा विकलाई चितुवाले आ’क्रमण गरेर खा’एको छ ।साझँ ६ बजे बजे छिमेकी घरबाट खेलेर घर फर्किने क्रममा चितुवाले आ’क्रमण गरेको हो । बालिका घर नआए पछि खो’जी गर्ने क्रममा बालिकाको श’व क्षे’तविक्षेत अवस्थामा भेटिएको थियो ।चितुवाले घरदेखी पर जंगलमा ल’गेर बालिकाको खा’एको देखेको स्थानीय कविराज खनालले बताए ।

बालिकाको खुट्टा र टाउको बाहेक अरु सबै अं’ग चितुवाले खा’एको अवस्थामा श’व भेटिएको उनले बताए । राति नै देखी स्थानीय र सु’रक्षा नि’कायले चितुवाको खोजी गरेपनि नभेटिएको उनले बताए ।यस अगाडी तनहुँको भानु नगरपालिकाका विभिन्न ठाउँम चितुवाको आ’क्रमणबाट ७ जना बालबालिकाको मृ’त्यु भइसेको छ ।चितुवाले बालिका खा’एपछि स्थानीय त्रा’समा छन् । गाउँको वरपर जंगल रहेकाले घ’टना दोहोरिन सक्ने भन्दै गाउँले त्रा’समा रहेका वडाध्यक्ष कार्कीले बताए ।