श्रीमतीको मृ’त्यु सहन नसकेर भियतनामका एक व्यक्तिले उनी गाडेको चि’हान खनेर अवशेष निकाले, त्यसलाई प्ला,स्टर गरिएको मूर्तीभित्र राखे उक्त मूर्तीसँग उनी विगत १६ वर्षदेखि सुतिरहेका छन् । जब ली भानको यस्तो चकित पारिदिने घटना सन् २००९ मा सार्वजनिक भयो, तब धेरैले यो खबर झुटो भएको ठाने । किनभने कसैले आफ्नी श्रीमतीको अवशेष खनेर निकालेको र त्यसलाई घरमा ल्याएर सँगै सुतिरहेको छ भन्ने खबर पत्याउन जो कोहीलाई पनि गाह्रै हुन्छ । तर यो कुरा साँचो हो ।
आफन्त, छिमेकीले उनको यस्तो क्रियाकलापको विरोध गरेपनि उनले भने आफ्नी श्रीमतीलाई कतै जान दिएका छैनन् । यो क्रम विगत १६ वर्षदेखि चलिरहेको छ । भानको सन् १९७५ मा विवाह भएको थियो । विवाह अघि उनीहरुले एकअर्कालाई चिन्दैनथे । भान, सेनाका जवान थिए । सेनाको जागिरबाट घर फर्किएका बेला निकै सानो उमेरमा नै उनको विवाह भयो ।
विवाह पछि यी दुईको प्रेम झाङ्गियो, उनीहरुको जीवन निकै खुसी साथ अघि बढिरहेको थियो । उनीहरुले सात सन्तान जन्माए । तर घरबाट टाढा रहेका भानले सन् २००३ मा श्रीमतीको अचानक मृत्यु भएको खबर पाए । उनी घर हानिए तर उनी घर पुग्नु अगावै श्रीमतीको अन्तिम संस्कार गरेर गाडिसकिएको थियो ।
श्रीमतिको मृ’त्यु भएको सुरुवाती दिनमा ली भानले आफ्नो दिनरात श्रीमती गाडिएकै चि’हानमा बिताए । तर केही महिना पछि खराब मौसम र पानी पर्न सुरु भएपछि उनी समस्यामा परे । त्यसपछि उनले श्रीमती गाडिएकै ठाउँमा खाल्डो बनाउने र उनी नजिकै सुत्ने निधो गरे । तर खाल्डो खनेर मृ’तक श्रीमतीसँगै बुवा सुतेको थाहा पाएका उनका सन्तानले उनलाई चिहानमा सुत्न दिएनन् । तर भानले श्रीमतीलाई आफूबाट टाढा राख्नेबारे सोच्नै सकेनन् ।
एकदिन भानले विचार गरे, यदि उनी श्रीमतीसँग चिहानमा सुत्न सक्दैनन् भने श्रीमतीको अवशेषलाई आफूसँगै घरमा त राख्न सक्छन् नि । सुरुमा उनले चिहान खने, त्यसपछि श्रीमतीको हड्डी जम्मा गरेर ब्यागमा राखे । त्यसपछि उनले महिलाको आकृति दिइएको एउटा खोक्रो मूर्तीलाई सिमेन्ट, प्लास्टर, बालुवा, ग्लूको प्रयोग गरेर बनाए र त्यसभित्र श्रीमतीको अवशेष राखे । त्यसपछि त्यो मूर्तीलाई आफू सुत्ने बेडमा राखे । त्यस दिनदेखि आजसम्म उनी श्रीमतीको अवशेषसँगै सुतिरहेका छन् ।
प्रकाशित मिति February 8, 2020