ललितपुरमा पूर्व सचिव की श्रीमतिको ह त्या, कामदारको श व झु न्डि एको अवस्थामा फेला

सूचना दैनिक
सोमवार, माघ २७, २०७६

जावलाखेल– नेपाल सरकारका सेवा निवृत्त एकजना सचिवकी श्रीमतीको ललितपुरमा ह त्या भएको छ । सेवा निवृत्त सचिव अर्जुन कार्कीको श्रीमतीको ह त्या भएको ललितपुर प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रहरी उपरीक्षक दूर्गा सिंहले कार्कीकी श्रीमतीको सानेपास्थित आफ्नै निवासमा रगतले लतपतिएको अवस्थामा श व फेला परेको बताइन् ।

यस्तै, कार्कीको घरमा कामदार बसेका दाङ घर भएका विजय चौधरी पनि निवासमा मृ त फेला परेका छन् । उनको श वमा भने कुनै प्रकारको चो टप टक नदेखिएको र श व झु ण्डि एको अवस्थामा फेला परेको छ । चौधरीले देहत्याग गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

घटना भएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई जानकारी दिएका थिए । घटनास्थल पुगेको प्रहरीले कार्कीलाई अस्पताल पुर्‍याएका छन् । कार्कीलाई स्टार अस्पताल पठाइएको प्रहरील जनाएको छ घटनास्थलमा पुगेको प्रहरी टोलीलाई पूर्व सचिव कार्कीले आफू बिहान पूजाका लागि पशुपतिनाथ गएको र फर्केर आउँदा दुवै जनाको श व भेटेको बताएका छन् ।घटनाको विषयमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोलीले संयुक्त रुपमा अनुसन्धान थालेको छ ।