बाहिरियो पूर्वसचिव कार्कीका घरकाे सिसिटिभी फुटजः यसरी गरिएकाे थियो श्रीमति कार्कीकाे ह त्या (भिडियो सहित)

सूचना दैनिक
मङ्लबार, माघ २८, २०७६

नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको ह’त्या घरमा सहयोगीका रूपमा राखिएका दाङका बिजय चौधरीले गरेको सीसीटीभी फुटेजबाट देखिएको छ । सोमवार बिहान पूर्वसचिव कार्की पशुपति दर्शन गर्न गएका बेला कार्कीको घरमा सहयोगीका रूपमा रहेका चौधरीले मुनाको ह’त्या गरेका थिए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले कार्कीको घरमा रहेका ३ वटा सीसीटिभी क्यामेराबाट रेकर्ड गरिएका दृश्य हेरेका थिए ।

प्रहरी स्रोतका अनुसार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनाको हात बाँधेका थिए । त्यसपछि ती दुवैबीच केहीबेर घम्साघम्सी भयो, तर मुनाको केही लागेन । ‘प्लास्टिकको पहेंलो डोरीले पछाडिबाट मुनाको हात र घाँटीमा कसेको देखिन्छ,’ स्रोतले भन्यो, ‘त्यसपछि मुना भुईंमा ल’डिन् । अनि निलो पिर्काले मुनाको टाउकोमा हा’नेका थिए ।’

यो घटना भान्साकोठामा भएको थियो । त्यसपछि चौधरीले मुनालाई डोरीमा समातेर घि’सारे । प्रहरी स्रोतको दाबीअनुसार चौधरी त्यसपछि किचनसँगैको बरण्डामा गएर डोरीमा झु’ण्डिएर आ’त्मह’त्या गरेका हुन् । मुनालाई अपराह्न सवा १२ बजे स्थानीय केही छिमेकीले सानेपास्थित स्टार अस्पताल ल्याएका थिए । अस्पताल ल्याउनेबित्तिकै मुनालाई डाक्टर मन्जिता बज्राचार्यको टीमले हेरेको थियो ।

डाक्टर बज्राचार्यले भनिन्, ‘उहाँलाई यहाँ ल्याउँदा प’ल्स थिएन । आँखा निलो भइसकेको थियो । हामीले तत्काल इसीजी गरेर हेर्यौं, त्यो पनि फ्ल्याट भइसकेको थियो ।’ डाक्टर बज्राचार्यले घाइतेलाई कार्डियो पल्मोनरी रिससिटेसन (सीपीआर) गरेको बताइन । सीपीआर स्वास फेर्न नसकेका बिरामीलाई छातीमा बारम्बार अँठ्याएर गर्ने गरिन्छ ।

‘कतिपय केसमा सीपीआरपछि बिरामीहरू रिभाइभ भएको पनि छ,’ डाक्टर बज्राचार्यले भनिन्, ‘तर यो केसमा रिभाइभ हुन सकेन । हामीले न्यूरो टीमलाई बोलाएर देखायौं ।’

अस्पतालका निर्देशक डाक्टर सहिल रुपाखेतीले मुनालाई हात बाँधिएको अवस्थामा अस्पताल ल्याइएको बताए । ‘हातमा डोरी बाँधिएको अवस्थामा उहाँलाई यहाँ ल्याइएको थियो,’ डाक्टर रुपाखेतीले भने, ‘यहाँ ल्याउँदा घाँटीमा, आँखा मुनी र निधारमा चो’ट लागेको प्रष्ट देखिन्थ्यो ।’