कमला रंगशाला पुग्दा उठ्यो १२ करोड ,सुन्तली मख्खै ,धुर्मुस भाबुक ( भिडियो हेर्नुस )

चितवनको रामपुरमा निर्माण भइरहेको रंगशालामा कमला घिमिरे पुगेकी छिन। रंगशालामा चलिरहेको धनधान्यान्चल स्थलमै पुगेर कमलले धुर्मुस सुन्तली संग पनि भेटघाट गरेकी छिन। भने दर्शकलाई दोहोरी गितमा झुमाएकी थिईन।

त्यस्तै कमला रंगशालामा पुगेको दिन 12 करोड भन्दा धेरै रकम उठेको छ। कमलाले पनि आफ्नो तर्फबाट 5 हजार सहयोग गरेकी छिन।

जनस्तरबाट निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको आम्दानी नेपाली खेलाडी उत्पादन र सामाजिक सेवामा खर्च गरिने भएको छ । प्रदेश नं २ का विभिन्न जिल्लाबाट बन्दै गरेको रङ्गशाला भ्रमणमा आएका पत्रकार र यहाँका पत्रकारसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रङ्गशाला शिक्षालय पनि भएकाले खेलाडी उत्पादनमा बचेको रकम खर्च गरिने बताउनुभयो ।

रङ्गशाला सम्पन्न भएपछि कसले सञ्चालन गर्दछ भन्ने पत्रकारको प्रश्नमा उहाँले भरतपुर महानगरपालिका, धुर्मुश सुन्तली फाउण्डेशन र सामाजिक अभियान्ता रहेको व्यवस्थापन समितिले रङ्गशाला सञ्चालन गर्ने प्रष्ट पार्नुभयो । त्यसको आम्दानीले नेपालमा खेलाडी उत्पादन गरेर अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने भन्दै उहाँले केही हिस्सा सामाजिक कोषमा राखेर विपतमा परेकालाई सहयोग गरिने बताउनुभयो ।

फाउण्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले आफूहरु सरकारको विरोधी नभएर सघाउन छिरेको अभियान्ता भएकाले सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा प्रदेश नं २ बाट आउनुभएका रौतहटका अन्नपूर्ण कर्मी फणी महत, अन्नपूर्णकै जनकपुरका राजकरण महत्तो र कान्तिपुरका प्रदेश नं २ का ब्यूरो प्रमुख अजित तिवारीले फाउण्डेशनले प्रदेश नं २ मा बनाएका बस्ती उदाहरणीय भएको भन्दै रङ्गशाला निर्माणमा साथ र सहयोगका लागि पत्रकारको टोली आएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले रङ्गशाला निर्माणका लागि चितवनका जनतासँगै पत्रकार लागि परेको जानकारी दिनुभयो । रङ्गशाला हेर्न प्रदेश नं २ का छ जिल्लाबाट १४ पत्रकार आएका थिए ।रंगशालामा खेल खेल्न आउने खेलाडी तथा स्थानीय बिरामीलाई लक्षित गरी मेडिकल सेन्टर स्थापना गरिने उनले बताए । यस्तै सीएमसीले रंगशाला निर्माणका लागि नगद १ लाख रुपैयाँ सहयोग पनि गरेको छ ।शुक्रबार नै भरतपुरका बिभिन्न टोल सुधार समितिहरुले ५२ लाख नगद सहयोग गरेका छन् । यस्तै एनपिआई गु्रपले २१ लाख ११ हजार एक सय ११ सहयोग घोषणा तथा नेपाली शैक्षिक महासंघ भरतपुरले १३ लाख ६१ हजार ८ सय १९ नगद सहयोग गरेको छ ।

प्रेस संगठन चितवनका सदस्य समेत रहेका चलचित्र पत्रकार रवि अधिकारीले रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । अधिकारीले रंगशाला निर्माणका लागि एक लाख ५१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका हुन् । उनले यस अघिपनि दुई पटक रंगशाला निर्माणका लागि सहयोग गरिसकेका छन् । उनले पहिलो पटक ५ हजार र दोस्रो पटक १७ हजार रुपैयाँ बराबरको स्पिकर सहयोग गरेका थिए ।यस्तै आज बिभिन्न संघसंस्था, आमा समुह, टोल सुधार समिति, सहकारी संस्था तथा व्यक्तीहरुले पनि सहयोग गरेको मुलआयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिए । अन्यदिनको तुलनामा आज महोत्सवमा भक्तजनहरुको घुँइचो लागेको थियो ।

शनिबार सहयोगी दाताहरु अझै बढ्ने मुलआयोजक समितिले जनाएको छ ।रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुखबाचकको रुपमा रहेका छन् । महोत्सव २६ गतेसम्म चल्नेछ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

प्रकाशित मिति February 11, 2020

प्रतिकृया दिनुहोस