अ’धुरै र’ह्यो छोराको ब्रतबन्ध गर्ने मुनाको सपना !

सूचना दैनिक
मङ्लबार, माघ २८, २०७६

काठमान्डौ ,यहि १७ गते छोराको व्रतबन्धको का’र्यक्रम राखेका कार्की सोमबार दिउँसो खाना खाएर निम्ता कार्ड छा’प्न जाने यो’जनामा थिए। त्यसका लागि उनले न’जिकै बस्ने भिनाजुलाई पनि तयार र’हन भनिसकेका थिए। अर्को महिना छोराको व्रतबन्ध गर्ने यो’जना मुनाकै चा’हनामा बनेको आफन्तले बताए। तर, छोराको व्रतबन्ध गर्ने मुनाको चाहना अब सपनामा मात्र सी’मित भएको छ। सरकारी सेवाबाट अ’वकाश पाएपछि कार्की सधैँजसो बिहान गल्फ खेल्न सिनामंगल जाने गर्थे। सोमबार पनि गए तर, उनले गल्फ खेलेनन्। पशुपतिनाथको मन्दिर गएर दुई घण्टा लगाएर पूजापाठ गरे।

११ बजेतिर घर फर्केर हर्न बजाए तर ढोका खुलेन। आफैँले खोलेर गाडी पार्क गरे र घरभित्र पसे। घरभित्र पस्नेबित्तिकै कामदार विजय चौधरी झु’ण्डिएको अवस्थामा देखे। उनको सातो उड्यो। हतार हतार दौडिएर पहिलो तल्लामा रहेको भान्सामा पुग्दा उनले जस्तो दृश्य देखे, तत्काल उनलाई सारा जीवन अन्धकार लाग्न थाल्यो। उनकी ४९ वर्षीया श्रीमती मुना कार्की र’गतको आ’हालमा डु’बेकी थिइन्। उनले केही सोच्नै सकेनन्। उनी त्यहीँ मुर्छा परेर ढले। १० मिनेटपछि उठेर उनले चि’च्याए, ‘मेरो श्रीमती मा’र्‍यो…!’कार्की चिच्याएको सुने नजिकै घर भएका यामिन्द्र ओलीले। उनको मनमा चिसो पस्यो।

ओलीले तत्काल सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाका अध्यक्ष दाना थापामगरलाई फोन गरे र पूर्वसचिवको घरभित्रबाट चि’च्याएको आवाज आएको विवरण सुनाए। थापामगरले ह’त्तपत्त महानगरीय प्रहरी प्रभाग सानेपाका इन्सपेक्टर कोसिसबाबु जोशीलाई फोन गरेर यसबारे जानकारी दिए। ‘मलाई ११ बजेर ३८ मिनेटमा मान्छे मा’रेको भनेर कल आयो। मैले तत्काल इन्सपेक्टरलाई खबर गरेँ, प्रहरी पुग्दा ११ बजेर ४७ मिनेट गएको थियो होला,’ थापामगरले भने। त्यसपछि इन्सपेक्टर जोशीले ह’त्तपत्त एम्बुलेन्स बोलाए र मा’ताहतका सबै निकायमा ‘म’र्डर’को घ’टना घ’टेको सूचना दिए।

त्यतिबेलासम्म वरिपरिका छिमेकी कार्कीको घरमा जम्मा भइसकेका थिए। सेतो रंगको कुर्सीमा बसेर कार्की रो’इरहेका थिए। उनका ओठ क’लेटी परेका थिए। भगवानमाथिको भ’रोसा टु’टेको भन्दै उनी वि’लाप गरिरहेका थिए। श्रीमती गु’माउँदाको घो’र पी’डामा उनी छन्। रुँदारुँदै उनको वाक्य बसेको छ, आँसु सकिएको छ। आफूलाई भेट्न आउनेहरुलाई उनले सोध्ने गरेका छन्, ‘म कसरी सहनु? मैले कसरी यत्रो पी’डा खप्नु? दु’र्घटना होइन यो, आफ्नै घरमा कसैले मा’रेको छ।’‘ए भगवान्! मलाई ब’र्बाद पारेर कसलाई खुसी पार्न खोजेका हौं?

मलाई अब भगवानसँग विश्वास छैन, म पूजा गर्दिनँ जुन भगवानले मेरो खुसी लु’ट्यो त्यो भगवानले के गर्छ र?’ उनी वि’लाप गरिरहन्छन्। र’गताम्मे भएर ढ’लेकी उनकी श्रीमतीलाई अस्पताल पुर्‍याएलगत्तै डाक्टरले भने, ‘सी इ’ज नो मो’र।’ बिहान स्कुलमा छोरा पुर्‍याएर ड्राइभरले गाडी ल्याउनेबित्तिकै कार्की गल्फ खेल्न भन्दै आफैँले गाडी हाँ’केर ८ बजेतिर घरबाट नि’स्केका थिए। त्यसपछि पशुपतिनाथ मन्दिर पुगेर खाली खुट्टा प्रा’र्थना गरेका थिए। घर फर्किंदा उनले श्रीमती गु’माइसकेका थिए। घटना कतिबजेको हो भन्ने बारेमा प्रहरीले केही बताएको छैन, न त कार्कीले आर्फैँ भन्न सक्छन्।

स्थानीयले घ’टना साढे १० बजे आ’सपास भएको अ’नुमान गरेका छन्। मुना कार्की र चौधरी मात्रै रहेका कारण अरुले थाहा पाउने कुरै भएन। स्थानीयका अनुसार कार्कीले दश वर्षअघि मात्र त्यो घर बनाएका थिए। झण्डै पौने रोपनी जग्गामा साढे दुई तले घर बनाएर कार्की परिवार बानेश्वरबाट सानेपा सरेको थियो। आफन्तका अनुसार कार्की र उनकी पत्नीबीच प्रगाढ प्रेम थियो। पत्नी आफैँ खाना पकाउँथिन्। श्रीमतीलाई घरको काममा सजिलो होस् भनेर कार्कीले ६ वर्षअघि दाङका विजय चौधरीलाई कामदारका रुपमा राखेका थिए।

तीन सन्तान रहेका कार्कीका दुई छोरी उच्च शिक्षाका लागि अमेरिका र अस्ट्रेलियामा छन्। १८ वर्षे चौधरी कार्कीका १० वर्षे छोराको हेरचाहदेखि घरको कामकाजमा ख’टिन्थे। कार्कीले चौधरीलाई गाडी मात्रै सिकाएनन्, लाइसेन्स समेत बनाउन लगाएका थिए। उनी चौधरीलाई आफ्नो ड्राइभर बनाउन चाहन्थे। कार्की परिवार चौधरीको कामबाट स’न्तुष्ट थियो। ‘कार्की परिवारले चौधरीलाई गा’ली गरेको, झ’गडा परेको कहिल्यै सुनिएन,’ उनका एक छिमेकीले सुनाए। ललितपुर महानगरपालिका वडा नम्बर २ सानेपाको दिदीबहिनी मार्गबाट मो’डिएर कालिका मार्गको सय मिटर पर रहेको सो घर चौधरीकै भरमा छोडेर कार्की दम्पत्ती घुम्न पनि निस्कन्थे।