अर्किकी श्रीमती लिएर भारत पुगेका कुमारलाइ जव आफ्नै श्रीमतीले भेटेर मुखभरी थुकिन (भिडियो)

सूचना दैनिक
बुधबार, माघ २९, २०७६

केही दिन देखि सामाजिक सञ्जालमा निकै चर्चा पाएको नकुल अधिकारी र अनुपाको घटनामा नयाँ ट्वीष्ट आएको छ । अनुपा भारतको केरलामा फेला परेपछि घटनाले अर्को रुप लिएको हो ।

झण्डै ५० लाख बढीको सम्पत्ती लिएर दुई बच्चा सहित श्रीमती सम्पर्क विहिन भएपछि तनहुँका नकुल अधिकारी दुई महिना यता खोजीमा थिए । श्रीमती अनुपा अधिकारी सम्पर्क विहिन भएकी हुन् । नकुल दुवईमा रहेर वैदेशिक रोजगारीमा थिए । दुई महिना भन्दा लामो समय देखि उनको श्रीमती छोराछोरी सहित सम्पर्क विहिन भएपछि उनी पनि रुँदै मिडियामा आएका छन् । हराएकी श्रीमती खोज्न नकुल तीन दिन तिन रातको रेल र बसको यात्रा गरेर भारतको केरला पुगेका थिए । केरलाको पानामार भन्ने स्थानमा रहेकी अनुपालाई लिन नकुल अधिकारी भारतीय प्रहरीको सहयोगमा पुगेका थिए ।

दुवईमा दुख गरेर कमाएर बैंकमा राखेको पैसा श्रीमानलाई थाहा नदिएर निकालेको, छिमेकीमा पनि ऋण नै ऋण बनाएर श्रीमती सम्पर्क विहिन भएकी थिइन् । कक्षा ७ मा पढ्दा देखि प्रेम गरेर विवाह गरेकी श्रीमतीले यस्तो गर्छिन होला भनेर नकुलले सोचेका पनि थिएनन् । १३ वर्ष सम्म दुवईमा बसेर कमाएका नकुल अहिले घर आउँदा घरमा न श्रीमती छन् न त छोराछोरी ।

केरालामा श्रीमती फेला परेपछि भने नकुल आफ्ना छोराछोरीलाई भेट्न पाउने भएँ भन्दै खुसी भएका थिए । यता अनुपालाई लिएर गएका कुमार कार्कीको श्रीमती पनि प्रहरी कार्यालयमा श्रीमानलाई कुरेर बसेकी थिइन् ।

विवाह भएको १५ वर्ष पछि कुमार कार्की भन्ने ब्यक्तिसंग आफ्नो श्रीमती गएको नकुलको भनाई छ । कार्कीले आफ्नो श्रीमतीसंग म्यासेन्जरमा कुरा गरिरहेको आफुले थाहा पाएको उनले बताए । नकुलको श्रीमती लिएर जाने कुमार पनि दुवईमा बस्दै आएका थिए ।

तृष्णा जन्मिदा उनी नेपालमा थिए तर कान्छी छोरी तृप्तीलाई प्रत्यक्ष अनुहार पनि हेर्न पाएका छैनन् । कान्छी छोरीलाई राम्रोसंग चिन्न पनि पाइन् । विदेशी भूमीमा आफुले दुख गरेर भएपनि छोरीलाई डाक्टर बनाउने उनको चाहना थियो । उनी भन्छन् छोरीलाई डक्टर बनाउन चाहन्थे तर अहिले मलाई अहिले दौडने बनाएकी छ ।

विदेशमा श्रीमानले कमाएको पैसा समेत लिएर भागेको भनिएकी अनुपा अधिकारी अहिले भारतको केरलामा फेला परेकी छन् । तनहुँको नकुल अधिकारीको श्रीमती अर्का पुरुष कुमार कार्कीसंग भागेपछि उनको दुई महिना देखि खोजी भइरहेको थियो ।

नकुलको श्रीमती अनुपा उनका दुई छोराछोरी सहित कुमारसंग भागेकी थिइन् । कुमारको पनि श्रीमती र एक छोरा छन् । वैदेशिक रोजगारीमा रहेका कुमार नेपाल फर्केपछि घरमा नगएर अनुपालाई लिइर भारतको केरला पुगेका थिए ।

केरालाको एउटा घरको कोठामा अनुपा कुमारका साथ फेला परेकी हुन् । उनहरु बसेको कोठामा अचानक भारतीय प्रहरी सहित नकुल प्रवेश गरेपछि साना दुई छोरी डराएर रोएका थिए । सानो छोरीलाई जन्मेपछि देख्नै नपाएका नकुलले आफ्ना छोरीहरुलाई काखमा लिएर माया गरे । तर विदेशमै रहेका नकुलसंग उनका छोरीहरु नै राम्रोसंग झ्याम्मिएका थिएनन् । सानी छोरीले त बुवालाई चिनेकी पनि थिइनन् ।

भारतको केरालामा पुगेर अनुपाले छोरीलाई विद्यालय भर्ना पनि गराएकी थिइन् । अचानक प्रहरी र मिडिया कोठामा पसेर कुमार र उनका अन्य दुई साथीलाई केरकार गर्न लागेपछि डराएकी अनुपाको छोरीले घटनामा आमाको केही दोश नभएको र संधै बुवाले आमालाई तनाव दिने गरेको भन्दै बिलौना गरेकी थिइन् । अनुपाले प्रहरी सामु कुमारसंग ७ महिना देखि सम्बन्ध रहेको स्वीकार गरेकी छन् ।

अहिले जो संग आफ्नो श्रीमती भागेर गइन् त्यो कुमार कार्कीलाई श्रीमतीले मामाको छोरा भनेर चिनाएको बताइन् । पहिला पनि कुरा गरिरहेको थाहा पाएको थिए तर मामाको छोरा भनेपछि मैले नराम्रो सोच्ने कुरा पनि भएन । दुवईवाट फर्कदा आफुभन्दा दुई साता पहिला कुमार आएको र आफ्नो श्रीमतीलाई लिएर गएको उनले बताए