यसरी गरेका थिए चौधरीले मुना कार्कीको ह*त्या सी सीटीभी फुटेज (जस्ताको तस्तै हेर्नुहोस भिडियो

सूचना दैनिक
बुधबार, माघ २९, २०७६

काठमाडौं। नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको ह*त्या घरमा सहयोगीका रूपमा राखिएका दाङका बिजय चौधरीले गरेको सीसीटीभी फुटेजबाट देखिएको छ ।सोमवार बिहान पूर्वसचिव कार्की पशुपति दर्शन गर्न गएका बेला कार्कीको घरमा सहयोगीका रूपमा रहेका चौधरीले मुनाको ह *त्या गरेका थिए । घ*’टनाको अनुसन्धान गरिरहेको प्रहरीले कार्कीको घरमा रहेका ३ वटा सीसीटिभी क्यामेराबाट रेकर्ड गरिएका दृश्य हेरेका थिए।

प्रहरी स्रोतका अनुसार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनाको हात बाँ’*धेका थिए । ‘प्लास्टिकको पहेंलो डोरीले पछाडिबाट मुनाको हात र घाँ*’टीमा कसेको देखिन्छ,’ स्रोतले भन्यो, ‘त्यसपछि मुना भुईंमा लडिन् । अनि त्यसपछि निलो पिर्काले मुनाको टा’*उकोमा हा’*नेका थिए ।’यो घ*’टना भान्साकोठामा भएको थियो । त्यसपछि चौधरीले मुनालाई डोरीमा समातेर घि’सारे । प्रहरी स्रोतको दाबीअनुसार चौधरी त्यसपछि किचनसँगैको बरण्डामा गैर डोरीमा झु* ण्डि एर दे*ह *त्या ग गरेका हुन् ।

निस्किएका पूर्व सचिव कार्की घर फिर्ता हुँदा सो अवस्था देखेर चि’*च्याएपछि जम्मा भएका छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए।त्यसलगत्तै घरमा पुगेको प्रहरीले श्रीमती कार्कीलाई जीवित नै रहेको फेला पारेपछि अस्पताल लगेको थियो। ‘प्रहरी घर पुगेर छाम्दा पल्स भेटिएपछि उहाँलाई नजिकै रहेको स्टारअस्पताल लगिएको हो,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने, ‘उहाँको अवस्था निकै ग म्भीर थियो। यस्तै कामदारको भने नि*धन भइसकेको अवस्था थियो।’सो क्रममा भान्छा कोठामा रहेको टेबुलमा साग र मोबाइल फोन फेला परेको छ भने चौधरी डाइनिङ रुममा झु ण्डि एको अवस्थामा भेटिएका थिए। प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो । आफू पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घ*टना भएपछि पूर्वसचिव कार्की विक्षिप्त बनेका छन् । उनी अब कहिल्यै पशुपति नजाने भन्दै बिलौना गरिरहेका छन् ।

यो पनि समाचार

पर्वत । पर्वतको महाशिला गाउँपालिका ५ र ६ मा रहेको फलामखानी उत्खनन प्रक्रिया शुरू भएको छ । ७ दशकदेखि बन्द रहेको धाउखानी जंगलस्थित फलामखानी उत्खननका लागि खानी तथा भूगर्भ विभागले सर्वेक्षण शुरू गरेको हो । विभागका वरिष्ठ भूगर्भविद् ठाकुर कँडेलले ईआरटी (इलेक्ट्रिकल रेसिस्टिभिटी टेक्नोलोजी)को माध्यमबाट खानीको अध्ययन अनुसन्धान भइरहेको जानकारी दिए । ‘प्रारम्भिक सर्वेक्षणबाट हाल ठाउँमा सतहमै फलाम रहेको पाइएको छ,’ कँडेलले भने, ‘कुनै स्थानमा जमीनमुनि भेटिएको छ । फलामको गुणस्तरबारे पनि अध्ययन गरिन्छ ।’ २ देखि ८ मिटरसम्म खानी रहेको अध्ययनले देखाएको उनले बताए ।

विभागको मापदण्ड अनुसारको प्रतिवेदन आएमा फलामखानी उत्खनन गरिने कँडेलले जानकारी दिए । यस वर्ष विस्तृत सर्भे गरिने र प्रतिवेदन सकारात्मक आए अर्को आर्थिक वर्षदेखि उत्खननको काम शुरू हुने उनले सुनाए । नेपाल सरकारले बन्द रहेका फलामखानीको उत्खनन गर्ने चालू वर्षको नीति तथा कार्यक्रममै उद्घोष गरेको थियो । सरकारको नीति तथा कार्यक्रममा पर्वतको फलामखानी र नवलपरासीको धौवादीमा रहेको फलामखानी अध्ययन गर्ने विषय समावेश थियो ।

सरकारले नै चासो दिएकाले यहाँको फलामखानी उत्खनन हुने आशा गरिएको महाशिलाका गाउँपालिका अध्यक्ष राजप्रसाद पौडेलले बताए । ‘२०१८ सालसम्म स्थानीय बासिन्दाले मौलिक शैलीबाट यहाँको फलाम उत्खनन गरेर बजार पठाउँथे,’ अध्यक्ष पौडेलले भने, ‘वन मासिएको भन्दै तत्कालीन सरकारले बन्द गराएको हो । हालसम्म खानी उत्खननको ठूलो प्रयास भए पनि उत्खननको प्रक्रिया शुरू भएको थिएन ।’ सरकारले नै चासो देखाएपछि बन्द रहेको फलामखानीबाट पुनः फलाम उत्खनन हुने सम्भावना बढेको पौडेलले बताए ।

स्थानीय ७८ वर्षीय परमदास सुनारका अनुसार खानी सञ्चालन हुँदा गाउँका अधिकांशले खानीबाट निकालेको फलाम विक्री गरेर गर्जो टार्ने गरेका थिए । सरकारले खानी बन्द गर्न लगाएपछि करीब ४ सय परिवारको रोजीरोटी गुमेको थियो । खानी विभागले अध्ययनको काम थालेकाले फेरि खानी सञ्चालन हुने आशाले खुशी भएको सुनारले बताए । ‘गाउँभरि फलामको खानी भएकैले उतिबेला यो गाउँको नामै फलामखानी राखिएको हो,’ सुनारले भने, ‘अहिले पनि खेतका कान्ला र डहरहरूमा फलामका टुक्रा भेटिन्छन् ।’ वडाध्यक्ष रामबहादुर सुनारका अनुसार तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० को दशकमा केन्द्र सरकार र विभिन्न खानी तथा भूगर्भशास्त्रीहरूसँग यहाँको खानी उत्खनन गर्न विभिन्न प्रयास गरे पनि सम्भव भएको थिएन ।