ज्वाईं खोज्दै किम जोंग: दाइजोमा मिल्नेछ सुनको कार ,बहिनीसँग विवाह गर्न हुनुपर्छ यस्ता विशेषता !

सूचना दैनिक
बुधबार, माघ २९, २०७६

एजेन्सी ,उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग प्रायः आफ्नो कामहरुका कारण निकै चर्चामा रहने गर्छन्। आजकाल उनी फेरी चर्चाको बिषय बनेको छन्। वास्तवमा, किम आफ्नी बहिनीको लागि दुलहा खोज्दैछन्। तर किमकी बाहिनीको दुलहा बन्न त्यति सजिलो भने छैन।

उनले आफ्नी बाहिनीको दुलहा बन्नका लागि कैयौं सर्तहरु राखेका छन्। उनको पहिलो सर्तका अनुसार ‘केटाको पहिले कसैसँग पनि सम्बन्ध नभएको हुनुपर्छ’। किमले घोषणा गरेका छन् कि, हुनेवाला दुलहालाई दाइजोमा चम्किलो सुनको कार दिइनेछ।अन्तर्राष्ट्रिय रिपोर्टका अनुसार, उत्तर कोरियाका राष्ट्रपति ‘किम जोंग’ले उनकी बहिनी ‘किम यो जोंग’को विवाह गर्ने निर्णय गरेका छन्।

किमका अनुसार दुलहा उनीहरुका सर्त अनुरुप हुनुपर्दछ।सर्तहरु -केटाको उचाई ५ फिट १० इन्च भन्दा बढि हुनु हुँदैन। केटाको पहिला देखिनै कुनै केटीसँग, कुनै प्रकारको प्रेम सम्बन्ध नभए हुनुपर्छ। केटाको वजन लगभग ७५ किलोग्रामको हुनुपर्छ।हुनेवाला दुलहाको ‘सिक्स प्याक एब्स’ पनि हुनु पर्दछ।किम जोंगले सुनको कारसहित दुलहालाई एक करोड रूपैयाँ पनि दिनेछ। उत्तर कोरियाका शीर्ष अधिकारीहरुले किमकी बहिनीका लागि सम्बन्ध खोज्न सुरु गरिसकेका छन्। उनको अनुसार, राष्ट्रपतिकी बहिनीका लागि दुलहा पनि टक्करको हुनुपर्दछ।
यो पनि समाचार
पर्वत । पर्वतको महाशिला गाउँपालिका ५ र ६ मा रहेको फलामखानी उत्खनन प्रक्रिया शुरू भएको छ । ७ दशकदेखि बन्द रहेको धाउखानी जंगलस्थित फलामखानी उत्खननका लागि खानी तथा भूगर्भ विभागले सर्वेक्षण शुरू गरेको हो । विभागका वरिष्ठ भूगर्भविद् ठाकुर कँडेलले ईआरटी (इलेक्ट्रिकल रेसिस्टिभिटी टेक्नोलोजी)को माध्यमबाट खानीको अध्ययन अनुसन्धान भइरहेको जानकारी दिए । ‘प्रारम्भिक सर्वेक्षणबाट हाल ठाउँमा सतहमै फलाम रहेको पाइएको छ,’ कँडेलले भने, ‘कुनै स्थानमा जमीनमुनि भेटिएको छ । फलामको गुणस्तरबारे पनि अध्ययन गरिन्छ ।’ २ देखि ८ मिटरसम्म खानी रहेको अध्ययनले देखाएको उनले बताए ।

विभागको मापदण्ड अनुसारको प्रतिवेदन आएमा फलामखानी उत्खनन गरिने कँडेलले जानकारी दिए । यस वर्ष विस्तृत सर्भे गरिने र प्रतिवेदन सकारात्मक आए अर्को आर्थिक वर्षदेखि उत्खननको काम शुरू हुने उनले सुनाए । नेपाल सरकारले बन्द रहेका फलामखानीको उत्खनन गर्ने चालू वर्षको नीति तथा कार्यक्रममै उद्घोष गरेको थियो । सरकारको नीति तथा कार्यक्रममा पर्वतको फलामखानी र नवलपरासीको धौवादीमा रहेको फलामखानी अध्ययन गर्ने विषय समावेश थियो ।

सरकारले नै चासो दिएकाले यहाँको फलामखानी उत्खनन हुने आशा गरिएको महाशिलाका गाउँपालिका अध्यक्ष राजप्रसाद पौडेलले बताए । ‘२०१८ सालसम्म स्थानीय बासिन्दाले मौलिक शैलीबाट यहाँको फलाम उत्खनन गरेर बजार पठाउँथे,’ अध्यक्ष पौडेलले भने, ‘वन मासिएको भन्दै तत्कालीन सरकारले बन्द गराएको हो । हालसम्म खानी उत्खननको ठूलो प्रयास भए पनि उत्खननको प्रक्रिया शुरू भएको थिएन ।’ सरकारले नै चासो देखाएपछि बन्द रहेको फलामखानीबाट पुनः फलाम उत्खनन हुने सम्भावना बढेको पौडेलले बताए ।

स्थानीय ७८ वर्षीय परमदास सुनारका अनुसार खानी सञ्चालन हुँदा गाउँका अधिकांशले खानीबाट निकालेको फलाम विक्री गरेर गर्जो टार्ने गरेका थिए । सरकारले खानी बन्द गर्न लगाएपछि करीब ४ सय परिवारको रोजीरोटी गुमेको थियो । खानी विभागले अध्ययनको काम थालेकाले फेरि खानी सञ्चालन हुने आशाले खुशी भएको सुनारले बताए । ‘गाउँभरि फलामको खानी भएकैले उतिबेला यो गाउँको नामै फलामखानी राखिएको हो,’ सुनारले भने, ‘अहिले पनि खेतका कान्ला र डहरहरूमा फलामका टुक्रा भेटिन्छन् ।’ वडाध्यक्ष रामबहादुर सुनारका अनुसार तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० को दशकमा केन्द्र सरकार र विभिन्न खानी तथा भूगर्भशास्त्रीहरूसँग यहाँको खानी उत्खनन गर्न विभिन्न प्रयास गरे पनि सम्भव भएको थिएन ।