भर्खरै ट्रकले स्कुटरलाइ ठक्कर दिंदा एक युवकको घटनास्थलमै ज्यान गयो ! - Suchana Daily

भर्खरै ट्रकले स्कुटरलाइ ठक्कर दिंदा एक युवकको घटनास्थलमै ज्यान गयो !

Loading...
Update Department | प्रकाशित भएको : February 14th, 2020

बाबाले गल्लफ्रेन्डलाई होटलमा लगे पछी...... [ भिडियो सहित ]


बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै आज बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको निधन भएको छ ।

काठमाडौँतर्फ जाँदै गरेको बीआर०६जिडी ८६७१ नंको भारतीय ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४प ३९८९ नंको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका–१ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै निधन भएको र स्कुटरमा पछाडि सवार एक घाइते भएका छन् । घाइते काभ्रेका सनिष थापालाई उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल भर्ना गरिएको छ । दुर्घटनालगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले पक्राउ गरेको छ ।

यो पनि पढ्नुहोस : नौ महिनापछि ताला खुला

जिल्ला खेलकूद विकास समितिका पदाधिकारीबीचको असमझदारीले कार्यालयमा लागेको ताला नौ महिनापछि खुलेको छ । समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा र कोषाध्यक्ष राजेशकुमार चौधरीले कार्यालय प्रमुख दिनेश भुजेलसहित कर्मचारी, विभिन्न खेलकूद सङ्घका पदाधिकारी र खेलाडीको उपस्थितिमा हिजो साँझ ताला खोल्नुभएको हो ।

ताला खुलेपछि आजबाट कार्यालय सञ्चालनमा आएको कार्यालय प्रमुख भुजेलले बताउनुभयो । अध्यक्षमा अमर खवासको मनोनयनसँगै अध्यक्ष वा कोषाध्यक्षमध्ये कसको नाममा खाता सञ्चालन गर्ने विषयमा समितिमा विवाद भएपछि उपाध्यक्ष बर्माको नेतृत्वमा कोषाध्यक्ष चौधरीसहित सदस्यले गत जेठ ७ गते कार्यालय प्रमुख भुजेलको कार्यकक्षमा तालाबन्दी गर्नुभएको थियो । अध्यक्ष खवास र कार्यालय प्रमुख भुजेलबाहेक अन्य सबै पदाधिकारी, सदस्य, कोषाध्यक्ष चौधरीको नाममा खाता खोल्नुपर्ने पक्षमा छन् ।

ताला खोलेलगत्तै कोषाध्यक्ष चौधरीले एक विज्ञप्ति जारी गरी आफूहरुले राख्दै आएको तीन बुँदे माग सात दिनभित्र सम्बोधन नभए थप सशक्त कार्यक्रम गर्ने चेतावनी दिनुभएको छ । अध्यक्ष खवासबाहेक समितिका अन्य पदाधिकारीले आर्थिक वर्ष २०७२÷७३ देखिको आयव्ययको हिसाब, कोषाध्यक्षको नाममा खाता सञ्चालन र कार्यालय प्रमुखको सरुवाको माग राख्दै आएका छन् ।

अध्यक्ष खवासले आफ्नो नाममा खाता सञ्चालन नभए आर्थिक कारोवारको जिम्मेवारी लिन नसक्ने र कार्यादेश दिन नसक्ने बताउँदै आउनुभएको छ । समितिमा सचिवसमेत रहने कार्यालय प्रमुख भुजेलले अध्यक्षको कार्यादेशबिना आर्थिक कारोवार गर्न नसकिने भन्दै कोषाध्यक्षको नाममा खाता खोल्न असमर्थता जनाउँदै आउनुभएको छ । खेलकूद नियमावलीमा कार्यालय प्रमुख र अध्यक्ष वा कोषाध्यक्षको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रावधान छ ।

कार्यालय प्रमुख भुजेलले आफू दुई वर्षअघि प्रमुख भएर आएकाले त्यसअघिको लेखा परीक्षण भइसकेको हिसाबबारे चार वर्षदेखि समितिमा रहनुभएका पदाधिकारी नै जिम्मेवार हुनुपर्ने बताउनुभयो । समितिका पदाधिकारीले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको केही दिनपछि कर्मचारीले समेत समितिको कोठामा ताला लगाएका थिए । तालाबन्दीका कारण विगत नौ महिनादेखि खेलकूद गतिविधि पूर्ण प्रभावित बनेको छ ।

Loading...

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु