कुमार र श्रीमती सावित्रीबीच कुरा मिल्यो, दुवै श्रीमती मिलाएर राख्छु, कमाएको आधाआधा गरिदिन्छु (भिडियो)

काठमाडौं । भारतको केरालामा अनुपाको साथमा फेलापरेका कुमार कार्की र उनको श्रीमती सावित्राको सम्बन्धमा नयाँ ट्वीष्ट आएको छ । उनीहरु अब पुरानो कुरा भुलेर मिलेर बस्ने भएका छन् । कुमारले पनि अनुपा र सावित्रीलाई मिलाएर राख्ने प्रतिवद्धता जनाएका छन् । सुरुमा फेसवुकवाट सुरु भएको मित्रता झांगिदै जाँदा परिवारमा समस्या आएको हो । आफुहरुले गरेको एउटा गल्तीलाई अनुपाको श्रीमान र सावित्रीले गरेको अधिक शंकाको कारण यस्तो अवस्था आएको उनको भनाई छ ।

उनीहरुले आफुहरुलाई बाध्यताले भाग्ने अवस्थाको सिर्जना गरिएको बताएका छन् । कुमारले दुई जनाले गरेको ब्यवहारका कारण यस्तो निर्णय लिएको कुमार कार्कीले बताएका छन् । परिवन्धमा परेका कारण अब आफुले अनुपा अधिकारी र श्रीमतीको समेत जिम्मेवारी लिने उनले प्रतिबद्धता जनाएका छन् ।

अनुपाको श्रीमान र आफ्नो श्रीमतीको अधिक शंकाका कारण यस्तो अवस्था आइपरेको कुमारको दावी छ । सामाजिक सञ्जालमा गीत गाउँदा प्रयोग गरेको शब्दलाई वास्तविक ठानेर आफ्नो श्रीमतीले धेरै शंका गरेको कुमारको दावी छ । उनले सामाजिक सञ्जालमा अनुपा र आफुबीच दोहोरी गीत गाएको थाहा पाएकाले श्रीमतीलाई कुरा लगाइदिएको र आफ्नो श्रीमतीले अनुपाको श्रीमानलाई फोन गरेर त्यसबारे बताएपछि अवस्था जटिल भएको कुमारको भनाई छ ।

सामाजिक सञ्जाल फेसवुक म्यासेन्जरमा अनुपासंग केही समय कुराकानी भने भएको कुमारले स्वीकार गरेका छन् । आफ्नो श्रीमतीले अनुपासंग कुरा गर्न छोड भनेपछि आफुले सम्पर्क नै गर्न छोडिसकेपछि पनि नकुललाई श्रीमतीले नै कुरा लगाएका कारण नकुलले ज्याुन लिने ध म्कि समेत दिएको कुमारको भनाई छ ।

कुरा गर्न छोडिसकेका थियौं, मैले मेरो श्रीमतीलाई यथार्थ बताएको थिए तर पनि उनले शंका गर्न छोडिनन् अनुपाको श्रीमानलाई मेरो फोन नम्बर दिइछन् अनुपाको श्रीमान नकुलले मलाई अपशब्द प्रयोग गर्दै ज्याुन लिेन खालको ध म्कि दिन थाले कुमारले भनेका छन् ।

विदेशमै रहेका कुमारलाई रेखदेख गर्न र के गर्छ भनेर हेर्न आफ्नो अंकल जाने गरेको र गतिविधि नियाल्ने गरेको कुमारको भनाई छ । यता नकुलले पनि आफ्नो श्रीमतीलाई पनि त्यस्तै ध म्कि र यातना समेत दिन थालेपछि अवस्था बिग्रिएको बताए ।

नकुलले कुमारलाई पनि दिनमा ९ पटक सम्म फोन गरेर धुुम्की दिने र अनुपालाई पनि त्यसै गरी फोन गरेर ध म्कि दिने गरेका थिए । कुमार विदेशमा थिए भने अनुपा नेपालमा नकुलकै घरमा थिइन् । तर पनि नकुलले आफ्नो श्रीमतीलाई विश्वास गरेनन् भने कुमारको श्रीमतीले आफ्नो श्रीमान कुमारलाई विश्वास गरिनन् ।

जसका कारण अनुपाले आफु असुरक्षित भएको महशुष गरिन् । नकुल र कुमारको श्रीमती सावित्रीले दिएको ध म्कि का कारण त्रसित भएकी अनुपाले अब मलाई लिएर कतै गएनौ भने म ज्युँदो रहन्न भनेर अनुपाले भनेपछि भारतको केरला जान बाध्य भएको कुमारको भनाई छ ।

भारतको केरला जाने ब्यवस्था पनि अनुपाले नै मिलाएकी थिइन् । आफ्नो श्रीमती र अनुपाको श्रीमानले निकै शंका गरेका कारण ज्याुन जोखिम हुने अवस्था भएकाले नेपाल आएर पनि श्रीमतीलाई थाहा नदिएको कुमारको भनाई छ ।

प्रकाशित मिति February 16, 2020

प्रतिकृया दिनुहोस