महरा जेलबाट छुट्दा लाग्यो नारा – एमसीसी खारेज गर

५ फागुन, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुट्दा अमेरिकी सहयोग नियोग एमसीसीविरुद्ध नारा लागेको छ ।

डिल्लीबजार कारागारबाहिर ठूलो संख्यामा भेला भएका महराका समर्थकले एमसीसी खारेज गर भन्दै नारा लगाएका हुन् ।

केही समयअघि एक अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन सभामुख महराले एमसीसी परियोजना सं‌सदमा अघि नबढाएको भन्दै असन्तुष्टि राखेका थिए ।

प्रकाशित मिति February 17, 2020

प्रतिकृया दिनुहोस