महरा काण्डमा  नयाँ ट्वीस्ट ,  सफाइ दिने जिल्ला अदालतको फैसलाविरु’द्ध सरकार उच्च अदालत जाने

काठमाडौ। पछिल्लो चरण आम पाठको रोजाइमा पर्न सफल नेपालकै लोकप्रिय अनलाइन नेपाललाइभडटकमले आजै रिहा भएका पूर्वसभामुख महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको फैसलाविरु’द्ध सरकारी वकील कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने समाचार लेखेको छ ।

नेपाललाइभले बताए अनुसार, अदालतको फैसला आएसँगै १४१ दिन का’रागारमा बिताएका महरा आजै रिहा भएर खुमलटारस्थित निवास गएका छन् ।

काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले महरालाई सफाइ दिने फैसला गरे पनि त्यसको पूर्णपाठ तयार भइसकेको छैन।

फैसलाको पूर्णपाठ तयार भएपछि महराको मुद्दा विरुद्ध पुनरावेन गर्न जिल्ला अदालतले सरकारी वकीलको कार्यालयलाई पुनरावेदन गर्ने म्यादसहितको सूचना पठाउँछ।

त्यसरी सूचना पाएपछि फैसला अध्ययन गरी पुनरावेदन गर्ने महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले बताए ।

‘फैसलाको पूर्णपाठ आएपछि हामीले प्रस्तुत गरेका प्रमाण र प्रतिवादीलाई सफाइ दिन फैसलामा लिइएका आधारको तुलनात्मक अध्ययन गरी पुनरावेदन गर्नेछौ ’ , उनले भने।

न्यायाधीश पौडेलले अदालतमा पीडित भनिएकी महिलाले गरेको इन्कारी बयानलाई मुख्य आधार मानेर महरालाई सफाइ दिने फैसला सुनाएका हुन्।
सरकारी वकीलले भने इजलासले अन्य प्रमाणको उचित मुल्यांकन नगरेको बताइरेहका छन्।

प्रकाशित मिति February 17, 2020

प्रतिकृया दिनुहोस