घाम ताप्दै चियाँ पिउनका लागि कुर्सीमा बसीरहेका बृद्धाको बसेकै अबस्थामा ज्या न गयो

सूचना दैनिक
सोमवार, फाल्गुन ५, २०७६

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ८ स्याउले बजारमा सोमबार दिउँसो एक जना बृद्धको पसलमा चिया खान कुर्सिमै बसेका बेला मृ त्यु भएको छ । कन्चनपुरको शुक्लाफाटा नगरपालिका १ बन्साका अन्दाजी ८०/८५ बर्षका नथ्था राना स्याउले बजारको एक पसलमा चिया खान बसेका बेला मृ त्यु भएको हो ।

धनगढीको बेलामा आफन्तको घरमा जानको लागि आएका राना चिया खानको लागि स्याउलेको एक पसलमा बसेका थिए । आफ्ना सम्धी संगै मोटरसाईकलमा आएका राना चिया खान कुर्सिमा बसेको केहि वेरमै मृ त्यु भएको बुझिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक हिक्मत थापाले प्रारम्भिक अनुसन्धानका क्रममा उनी द मको रो गी रहेको बुझिएको बताए । उनले घटनाको मुचु ल्का लिने काम जारी रहेको बताए ।