१५० वर्ष पुरानो घर भत्काउँदा भेटियो थोत्रो भाँडो, भाँडोभित्रको चीजले मच्चियो सनसनी

सूचना दैनिक
सोमवार, फाल्गुन ५, २०७६

इटलीमा एउटा १५० वर्ष पुरानो थिएटरको भवन भत्काउँदा निकै आश्चर्यजनक कुरा फेला परेको छ । यहाँको कोमो शहरमा १५० वर्ष पुरानो क्रेसोनी थिएटर भत्काइँदै थियो । गत बुधबार भत्काउने टिमका सदस्यहरु त्यतिबेला चकित परे जब उनीहरुले भजनको अवशेषमा एउटा वर्षौं पुरानो भाँडो देखे । भाँडो हेर्दा उनीहरु अझै दंग परे जब त्यो भाँडोभित्र ५ औं शताब्दीका सुनका सिक्का भेटिए ।

यो ठाउँलाई अब खजानाले भरपुर मानिएको छ । यी सिक्का भेटिएपछि यहाँको प्रशासनले अब निर्माणको काम रोकेर खजाना खोज्नको लागि उत्खनन गर्ने भएको छ । यहाँ कडा सुरक्षा व्यवस्था बनाइएको छ । इटलीको मिडियाका अनुसार थिएटरमुनि दबिएको अवस्थामा पाइएका सिक्का रोमन कालका हुन् । यी सिक्काको मूल्यअनुमान गर्न पनि सकिँदैन ।

स्थानीय आर्कियोलोजिस्ट लुसा रिनाल्डीका अनुसार यी सिक्काको मूल्य तोक्न सकिँदैन किनकि यी बजारमा बिक्ने चीज होइनन् । यसको मूल्य अतुलनीय छ र यो निकै बहुमूल्य खोज हो । यो थिएटर १८७० मा सुरु भएको थियो र १९९७ मा बन्द भएको थियो । बन्द हुने बेला यो फिल्महल बनिसकेको थियो । एजेन्सी