सुन्दरहरैंचामा ७२ बर्षीय बृद्धाले गरिन् झुन्डिएर आत्महत्या

मोरङ / मोरङको सुन्दरहरैंचा – २ करैबनामा एक बृद्धा झुन्डिएकाे अबस्थामा फेला परेका छन् । छिमेकी हृदय खवासको घरमा कोहि नभएको अवस्थामा सोमबार बेलुका ३ बजे ७२ बर्षीय साजो खवास झुन्डिएको अवस्थामा फेला परेको हो ।

स्थानीयका अनुसार मृतक बृद्धा २ वर्षदेखि छोरी-ज्वाईको घरमा बस्दै आएका थिए । तर केहि समयदेखि छोरी-ज्वाई बाट समेत छुट्टीएर ती बृद्धा एकलै बस्दै आएका थिए ।

घटनाको सुचना पाउना साथ इलाका प्रहरी कार्यलय हरैंचाको टोलि घटना स्थल पुगेको थियो । घटनाकाे प्रकृती हेर्दा आत्माहत्या गरिएकाे हुन सक्ने भन्दै मृतक शरीरलाई पोष्टमार्टमका लागि कोशी अंचल अस्पताल बिराटनगर लगिएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति February 18, 2020

प्रतिकृया दिनुहोस