पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्यान दुर्घटना हुँदा एकको मृ त्यु, ३ घाइते

सूचना दैनिक
मङ्लबार, फाल्गुन ६, २०७६

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पिकअप भ्यान दुर्घ टना हुँदा विमानस्थलमा कार्यरत एक मजदुरको मृ त्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

सोमबार बेलुका करिब ८.३० बजे प्रदेश नम्बर ३ ०१०२२ च ०६६१ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा सोही भ्यानले किचेर स्याङजाका २७ वर्षीय यामबहादुर मगरको मृ त्यु भएको हो । गाडी दुर्घट नामा संजय उदिम, शिव पौडेल र मुकेश गर्बुजा घाइ ते भएको प्रहरीले जनाएको छ । कोठाका सामान सार्ने क्रममा आयोजनाको ड्रेनमा गाडी दुर्घ टना भएको थियो ।

आयोजनाको चाइनिज कन्ट्रयाक्टर सिएएमसीको सब कन्ट्रयाक्टरको रुपमा ड्रेनमा काम गर्दै आएका ३७ वर्षीय गाडी चालक चाउ हाइनलाई प्रहरीले निय न्त्र मा लिएको छ ।

रातिको समयमा सा मान सा र्ने क्रममा आयोजनाको ड्रेन मा गाडी फसेपछि पिकअप भ्यानमा पछाडी बसेका मजदुरहरु ड रले हा म फा लेका थिए । हा म फा लेका मजदुरहरुलाई पिकअपले किचेको बताइएको छ ।