अत्यन्त दु:खद खबर ! १६ जनाबाट ब’ला’त्कृत भएकी ८ बर्सिय बालिकाको मृ’त्यु

आफ्ना केही आफन्तसहित १६ जनाले ब’ला’त्कार गरेकी एक ८ वर्षकी बालिकाको बिहीबार शंकास्पद स्थितिमा मृ’त्यु भएको छ । घ’टना भारतको चेन्नइको विलुपुरमको हो। पुलिसका अनुसार बालिका केही दिनदेखि पेट दुखाइ र ज्वरोसँग जुधिरहेकी थिइन् । पुलिसले बालिकाको मृ’त्युको घ’टनामा आइपीसी धारा १७४ (शंकास्पद अवस्थामा मृ’त्यु) अन्तर्गत मु’द्दा दर्ता गरेको छ ।

३ कक्षामा पढ्ने ती बालिका आमा, दिदी, सौतेनी पिता र सौतेनी दाजुसँग बस्थिन् । बुधबार राती उनी शौचालय गएपछि फर्किइनन् । पछि आमाले छिमेकीको सहयोगमा ढोका फुटाएर हेर्दा उनी भित्र बे’होस अवस्थामा लडेकी थिइन् । अस्पताल लिएर गएकोमा त्यहाँ डाक्टरले बालिकालाई मृ’त घोषित गरिदिए ।

२०१७ मा बालिकाकी आमा आफ्ना पतिसँग छुट्टिएकी थिइन् र चेन्नइ गएकी थिइन् । यस क्रममा उनले आफ्ना दुई छोरीहरुलाई आफन्तकहाँ छोडेर गएकी थिइन् । चेन्नइ गएको १ वर्षपछि आमा फर्किइन् । फर्किएपछि उनले आफ्ना २ छोरीहरुसँग यौ’न शो’षण र ब’ला’त्कार भएको थाहा पाइन् । त्यसपछि उनी छोरीहरुलाई लिएर पुडुचेरी गइन् ।

त्यहाँ गएर उनले छोरीहरुलाई अर्कै स्कुलमा भर्ना गरिन् । स्कुलमा बालिका अचानक बे’होस भएपछि उनलाई अस्पताल लिएर गइएको थियो । अस्पतालमै उनलाई ब’ला’त्कार गरिएको थाहा भएको थियो ।

प्रकाशित मिति February 18, 2020

प्रतिकृया दिनुहोस