नेपाली सेनाको गाडी दु’र्घटनामा घा’इते भएका मेजरको मृ’त्यु ! हार्दिक श्रद्धान्जलि

सूचना दैनिक
मङ्लबार, फाल्गुन ६, २०७६

सल्यानमा भएको दु’र्घटनामा ग’म्भीर घा’ईते भएका थप एक जनाको मृ’त्यु भएको छ । गएको बुधबार भएको नेपाली सेनाको ट्रक दु’र्घटनामा परि ग’म्भीर घा’ईते भएका मेजर ३५ बर्षीय ईश्वर सिलवालको मृ’त्यु भएको हो ।

सल्यानको सिमखर्कवाट दाङकोलागि छुटेको लु १ त १२३ नम्बरको नेपाली सेनाको ट्रक दु’र्घटना हुँदा सवुज गणमा कार्यरत नेपाली सेनाका जमदार यादव धरेलको मृ’त्यु भएको थियो । घा’इतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ स्थित छाउनी हस्पिटल ल्याइएको थियो ।

दु’र्घटनामा सेनानी जयप्रकाश बोहरा, मोहन थापा, सिपाही बिशाल गुरुङ, रेशम लित मगर, विपिन श्रेष्ठको उपचार भईरहेका छ । सल्यानको सिमखर्कमा रहेको सवुज गणबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु१ग १२३ नम्बरको ट्रक कपुरकोट गाउँपालिका–३ मा पर्ने दाङ र सल्यानको सिमाना पर्ने चोरखोला नजिकै बुधबार दिउसो दु’र्घटना भएको थियो ।

यो पनि पढ्नुस

प्रदेश ५ सरकारले किसानका लागि वितरण गरेको करोडौं अनुदान रकम दु*रुपयोग भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा वितरण गरेको अनुदान पाउनेमा गैरकिसान धेरै परेका छन्। प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले अनुगमनमा कैयन् फर्जी किसान फेला पारेको हो। अनुदान पाउनेमा अधिकांश सम्पन्न परिवार र राजनीतिक पहुँचवाला छन्। त्यस्ता किसानलाई अनुदान वितरण गर्दा कर्मचारीले २० प्रतिशतसम्म कमिसन लिएको प्रमाण फेला परेको छ।