यी दिन, ट्विटरमा एक बाबाको भिडियो निकै भाइरल भइरहेको छ। भिडियोमा देखिए अनुसार, हिउँमा बाबाले चिसोबाट बच्नका लागि कपडा समेत लगाएको देखिदैन। भिडियोमा बाबाको साथ एउटा कुकुर पनि देखिएको छ। यस भिडियो हिमालयको -४५ डिग्री तापमानमा एक सैनिकद्वारा खिचिएको थियो। यस भिडियोमा देखिए अनुसार, यी बाबा बिहानको पुजा गर्न आफ्नो कुकुरलाई लिएर जादै थिए।
यद्यपि, यसको वरिपरिको हिमपातलाई हेरेर अनुमान लगाउन भने सकिन्छ कि यस ठाउँको तापमान निकै कम छ।
यस भिडियोलाई ट्वीटरमा धेरै व्यक्तिद्वारा साझा गरिएको छ। तर, यस भिडियो कुन ठाउँको हो भन्ने चाहिँ पुष्टि भएको छैन।
यो दोस्रो भिडियोमा, बाबा बरफको मुनिबाट पानी निकाल्दै र नुहाउदै गरेको देखिएको छ। मानिसहरुले यस भिडियोलाई पनि निकै मन पराएका छन्।