भगवानले प्रार्थना सुनिदिएपछि पुछिन लागेको सिउँदो रोकियो, १४ वर्षपछि श्रीमान भेट्दा भावविह्वल

एक सच्चा श्रीमतीले गरेको चित्कार भगवानले सुनीदिएका छन्। विरानो मुलुकमा पुछिन लागेको श्रीमतीको सिउँदो भगवानसंगको निरन्तर प्रार्थनाले फिर्ता भएको छ। ७५ वर्षीय आमलाइ सम्हालिनै नसकिने गरि खुसी थपिएको छ। बुवाको अनुहार देख्न नपाएको छोराको आँखाबाट आँसुको बर्षात भएको छ। १४ वर्षपछि आमा श्रीमती र छोरालाइ भेट्न पुगेका उमेश यादव आफु पनि मन थाम्न सकेनन।

स्वदेश फर्किएपछि जनकपुर विमानस्थलमा ओर्लिएका उमेशले श्रीमती र परिवार देख्दा आफूलाई सम्हाल्न सकेनन्। श्रीमती सञ्जु उस्तै भावविह्वल बनिन्। छोराहरुको आँखामा समेत आँशु ।

१३ वर्ष बढी समय पर्खाइमा बिताएकी उमेशकी श्रीमती सञ्जु आफ्ना दुई छोराहरु कमलेश र हितेशसँगै जनकपुर विमानस्थलमा उनलाई पर्खिरहेका थिए। उनीसँगै उमेशका भतिजाहरु, जेठो साढु राजकरण यादव, सासू दुर्गीदेवी र आफन्तजन समेत उमेशको स्वागतका लागि विमानस्थल पुगेका थिए। उमेश झर्नुअघि नै विमानस्थल पुगेकी श्रीमती सञ्जुले नेपालखबरसँग भनिन्, ‘श्रीमान् आइपुग्नुभयो, योभन्दा ठूलो केही छैन।’ अब श्रीमानसँगै बसेर छोराहरुलाई पढाउने उनको अबको योजना छ।

१७ दिनको छोरा छोडेर विदेशिएका थिए उमेश: उमेश १३ वर्षअघि अर्थात् सन् २००६ मा साउदी अरेबिया जाँदा छोरा हितेश १७ दिनको मात्रै थिए। जेठा छोरा कमलेश यादव चार वर्ष पुगेका थिए। उमेश विदेश गएपछि जे ल मा परे। श्रीमती सञ्जु यादव माइत गइन्।

प्रकाशित मिति February 20, 2020

प्रतिकृया दिनुहोस