सुनको भाउले इतिहास रच्नेक्रम जारी

ताजा समाचार । ९ फाल्गुन, काठमाडौं :

साताको अन्तिम दिन शुक्रबार तोलामा ५ सय रुपैंयामा बढेर सुन तोलाको ७८ हजार १ सय रुपैंयामा पुगेको छ ।

आज साताको अन्तिम दिन छापावाल सुन प्रतितोला ७८ हजार १ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै तेजावी सुन तोलाको ७७ हजार ८ सय रुपैंयामा कारोवार भइरहेको छ । यसैगरी चाँदी तोलाको ९ सय १५ रुपैंयामा कारोवार भइरहेको महासंघले बताएको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरस विश्वमै फैलिएपछि सुनको माग बढेको र भाउ अझै बढ्ने संकेत देखिएको महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताएका छन् ।

र यो भिडियो पनि हेर्नुहोस्

काठमाडौँमा फेला परिन् ठाउँको ठाउँ गायब हुने बालिका ! तिन दिनसम्म कहाँ जान्छिन् ? (हेर्नुस् पुरा भिडियो)

प्रकाशित मिति February 21, 2020

प्रतिकृया दिनुहोस