शिवरात्रीमा डोरी टागेर पैसा उठाइरहेका बालकलाई बसले ठ`क्कर दिँदा मृ´त्यु

दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठ´क्करबाट एक बालकको मृ´त्यु भएको छ । दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठ`क्करबाट स्थानीय बालक पुजन थामीको मृ`त्यु भएको हो । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बसले ठ`क्कर दिएको थियो ।

थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृ`त्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नि`यन्न्त्रणमा लिएको छ । बालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का स्थायी बासिन्दा हुन् ।

भक्तपुर, ९ फागुन । पूर्व माओवादी रहेका निकै प्रभावशाली नेता कृष्णवहादुर महरा केही दिन अघि लामो हिरासत वसाईपछि बाहिर निस्किए । उनी निस्किएको केही दिन बित्न नपाउँदै तत्कालिन नेकपा एमालेका अर्का प्रभावशाली नेताले मन्त्रीपदवाट राजिनामा दिनुपर्यो । एक पछि अर्काे प्रभावशाली नेताको वास्तविकता वाहिरिन थालेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालमा कम्युनिष्ट सिद्धिने खतरा बढेको देख्न थालेका छन् ।

उनले कम्युनिष्ट सत्तामा पुगेपछि सिद्धिने खतरा देखिएको टिप्पणी गरेका छन् । सत्तामा पुगेपछि कम्युनिस्टहरुले आफैंलाई सिध्याउने विश्वको इतिहास नेपालमा पनि दोहोरिने खतराका संकेतहरु पैदा भएको छ उनले भने । भक्तपुरमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले अहिले नै यसबारे भन्न हतार भएपनि संकेत राम्रो नदेखिएको बताए ।

सत्तामा नहुँदा जनताको मन जित्ने कम्युनिस्टहरु शासनमा पुगेपछि आदर्शबाट विचलित हुने गरेका विश्वको इतिहास रहेको बताए । उनले भने, ‘कम्युनिस्टहरु सत्तामा नहुँदा, क्रान्तिमा हुँदा त्याग गर्न सक्ने तपस्या गर्न सक्ने, जनता जहाँ बस्छन् त्यहाँ बस्ने सक्ने, जनताले जे खान्छन् त्यही खान सक्ने, तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचिलत हुने गरेका छन् । नेपालमा पनि त्यस्तै भइसक्यो भन्ने त हैन । तर संकेत त्यस्तै देखिएको छ ।’

प्रकाशित मिति February 21, 2020

प्रतिकृया दिनुहोस