प्रधा`नमन्त्रीज्यू, मलाई ब`चाउनुस् । मलाई नब`चाउने भए मेरा ना`बालक छोराहरूलाई पढ्ने व्यवस्था मिलाई दिनुहोला

प्रधानमन्त्रीज्यू, नमस्कार !

म सुनीता बिक । घर छत्रदेव गाउँपालिका–८, सिठेनी, अर्घाखाँची ।सुनेथेँ, तपाईंले नयाँ मिर्गौला प्र`त्यारोपण गर्दै हुनुहुन्छ रे । जगेडा मिर्गौला पनि राखिने रे । यो सुन्दा झन् खुसी लाग्यो ।

तपाईंलाई जस्तै रोग मलाई पनि छ । म पनि मिर्गौला बिग्रिएर थलिएको छु । म अहिले २४ वर्षकी भएँ । छिट्टै म`र्दैछु भन्ने थाहा छ । तर, म म`रेपछि मेरा नाबालकहरूको अवस्था के होला ?

सन्तानको माया आमालाई जति अरूलाई हुँदैन । म म`रेपछि मेरो श्रीमानले अर्की श्रीमती पाउनु हुनेछ, तर मेरा बच्चाहरूले आमा पाउने छैनन् ।

म ओछ्यानमा लडिरहेकी छु । मेरा बच्चाहरू ‘आमा’ भन्दै वरिपरि झुम्मिन्छन् । म आँखाभरि आँसु पारेर उनीहरूलाई नियाल्छु । उनीहरू भोकले रुन्छन्, म खाना बनाएर खुवाउन सक्दिनँ । यस्तो जीवनलाई के जीवन भन्नु !

प्रधानमन्त्री ज्यू,

खुसी कुन चराको नाम हो ? मलाई थाहा छैन । जन्मेदेखि आजसम्म सुखको अनुभूति गरेकी छैन ।

म एक महिनाकी हुँदा मेरी आमा बित्नु भएको रे । मैले आमाको माया र काखको न्यानो पाउने कुरै भएन । आमाको मृत्युपछि बुवाले अर्की आमा ल्याउनु भएछ । मलाई हजुर आमाले गाउँमा निमेक गरेर हुर्काउनु भयो । मैले बुझेसम्म बुवाले बाबु हुनुको कुनै कर्तव्य पूरा गर्नु भएन ।

मेरी वृद्ध हजुरआमा आँखा देख्नुहुन्न । हुर्कंदै गएपछि म हजुरआमाका लागि पनि भार भएछु । १६ वर्ष नपुग्दै हजुरआमाले बिहे गराइदिने कुरा गर्नुभयो । अखिर अर्काको घर जानु नै पर्‍यो । म रुँदै श्रीमानको घर भित्रिएँ । यहाँ आएदेखि नरोएको कुनै दिन छैन ।

उता, हजुरआमा एक्लै हुनुभयो । उहाँको चिन्ताले रातभरि निद्रा लाग्दैनथ्यो । बुहारी मान्छे, चुलो–चौको, घाँसदाउरा सम्हाल्नै पर्यो । त्यसमाथि माइतीमा जस्तै गरिबी र अभाव थियो ।

बिहे गरेकै वर्ष दुई जीउकी भएँ । सानै उमेरमा बच्चा जन्माउन खतरा हुन्छ भन्थे । शरीर कमजोर भइरहेको थियो । म ‘भगवान् भरोसा’मा थिएँ । ९ महिनापछि छोरा जन्मियो । अब म आमा बने । बच्चा स्वस्थ थियो । तर, म पोषिलो खाने कुराको अभावमा कमजोर बन्दै गएँ ।

घरको काम र घाँस–दाउरा गर्दै बच्चा हुर्काउनु मलाई निकै मुस्किल भयो । पैसा अभाव भएपछि ६ महिनाकी सुत्केरी मलाई छोडेर श्रीमान भारततिर लाग्नु भयो ।

श्रीमान् हिँडेको केही दिनमै मलाई वाक–वाकी लाग्न थाल्यो । टाउको दुख्ने, रिंगटा चल्ने, काममा जाँगर नलाग्ने, खाना नरुच्ने समस्याबाट म गुज्रिन थालेँ । महिनावारी पनि रोकियो ।

सुत्केरी शरीर तंग्रिन पाएको थिएन, पेटमा अर्को बच्चा आयो । म आत्तिएँ, रोएँ, कराएँ, आफैंलाई धिक्कारे । तर मैले वास्तविकता भोग्नै पर्थ्यो ।

मैले श्रीमानलाई फोनमा रुँदै भने, “म फेरि दुई जीउकी भएछु, तपाईं नेपाल आउनु पर्‍यो ।” पैसा नभएको भन्दै उहाँ फर्किन मान्नु भएन । ‘जे पर्ला त्यही भोगौंला’ भनेर बस्न म विवश बने ।

श्रीमान् भारत गएको ८ महिनामा मैले अर्को बच्चा जन्माएँ । छिमेकी र आफन्तले मेरो स्याहार गरे । सानो छोरा ६ महिनाको भएपछि उहाँ घर फर्किनु भयो ।

बच्चाहरू सानै भएकाले मैले उहाँलाई इन्डिया नफर्किन भनेकी थिएँ । तर, पैसाको अ´भावका कारण उहाँ फेरि जानुभयो । दुःख त हामी महिलाले मात्र भोग्नुपर्ने रहेछ । आफ्नै जिन्दगी आफैंलाई भारी भएको महसुस हुन्थ्यो । मुटु चिरिन्थ्यो । बच्चाहरूलाई हेरेर चित्त बुझाउँथेँ ।

सानो छोरा २ वर्षको भएपछि मलाई अनुहार भरी घाउखटिरा हुने, सुन्निने, दुख्ने हुन थाल्यो । सासुले धामी झाँक्रीलाई देखाउनुभयो । गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा पनि उपचार गरेँ । सदरमुकामसम्म जान पैसा थिएन

मैले फोन गरेर सबै कुरा बताएपछि श्रीमान् घर आउनुभयो । उहाँले मलाई जिल्लाको अस्पताल लैजानु भयो, तर रोग बीसको उन्नाइस् नभएपछि गाउँमै ऋण खोजेर इन्डिया लैजानु भयो । दिल्लीको वर्धमान महावीर मेडिकल कलेजमा मलाई ‘लुफस मेट राइटिस’ रोग लागेको पत्ता लाग्यो । सोही रोगका कारण मेरो दुवै मिर्गौला बिग्रिएका रहेछन् ।

म धेरै रोएँ । ऋ´ण खोजेको पैसा सकियो, उपचार गर्न पैसा थिएन । बाँच्ने आशा

मर्‍ यो । गरीबले बाँच्ने आशा राख्नु पनि मुर्खता रहेछ । बाँच्ने रहर आर्थिक औकात हुनेहरूका लागि मात्रै रहेछ ।

मलाई श्रीमानले गाउँमा फर्काउनु भयो । म अहिले मृत्यु पर्खिरहेकी छु । नाबालकहरूलाई छोडेर मर्दैछु भन्ने पीडाले दिन–रात सताइरहेको छ ।

तपाईं हाम्रो अभिभावक, मेरो पीडा सुन्नु प्रधानमन्त्रीज्यू ।

म बाँच्न चाहन्छु, तर उपचार गर्ने पैसा छैन । सम्पत्तिका नाममा एउटा टिनको छाप्रो छ । मिर्गौला बिग्रिएका बिरामीलाई नियमित डाइलासिस गर्नुपर्छ भन्छन् । तर तम्घाससम्म पुगेर सिटामोल किन्न सक्ने क्षमता छैन मेरो ।

प्रधानमन्त्रीज्यु,

मेरोे स`मस्या पनि तपाईंको जस्तै भएको हुँदा कुरा सन्नु हुन्छ भन्ने आशा छ । फेरि तपाईं त प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । चाहानु भयो भने मजस्ता मिर्गौल पीडितहरूका लागि निःशुल्क उपचारको बन्दोबस्त गर्न पनि सक्नुहुन्छ ।

प्रधानमन्त्रीज्यू, मलाई बचाउनुस् । मलाई नबचाउने भए मेरा नाबालक छोराहरूलाई पढ्ने व्यवस्था मिलाई दिनुहोला । उनीहरूले पढेर मजस्ता थुप्रै मिर्गौला रोगीहरूको उपचार गर्नेछन् ।

प्रकाशित मिति February 22, 2020

प्रतिकृया दिनुहोस