सालकको कारण चीनको वुहानबाट कोरोना भाइरस फैलिएको चिनको अनुमान !

सूचना दैनिक
शनिबार, फाल्गुन १०, २०७६

विश्वभर मानवपछि सबैभन्दा बढी अवैध कारोबार र तस्करी हुने स्तनधारी जनावारमा सालक पर्छ । विशेषगरी चीन र भियतनाममा सालकको माग निकै उच्च रहेको पाइन्छ ।चीन र भियतनाममा सालकको मासु निकै लोकप्रिय मानिन्छ । त्यस्तै सालकको खपता पनि पराम्परागत चिकित्सा विधि र व्यवसायिक औषधि उत्पादनमा प्रयोग हुने गर्छ ।यही सालककै कारण चीनको वुहानबाट कोरोना भाइरस फैलिएको हुन सक्ने चिनियाँ अनुसन्धानकर्ताले बताएका छन् ।

चीनको एक कृषि विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनमा सालकको मासु खाँदा मानिसहरू कोरोना भाइरसबाट सं क्र मित भएको आशंका गरिएको हो ।हालसम्मका अध्ययनले जनावारबाट नै कोरोना भाइरस मानिसमा सरेको पुष्टि गरेका छन् । तर कुन जनावारबाट मानिसमा उक्त भाइरस सरेको हो भनेर हालसम्म पुष्टि हुन भने सकेको छैन । अधिकांश वैज्ञानिकले चमेराबाट नयाँ भाइरस मानिसमा सरेको हुन सक्ने बताएका छन् ।

यता साउथ चाइना कृषि विश्वविद्यालयका अनुसन्धानकर्ताले सालकबाट कोरोना भाइरस मानिसमा सरेको हुन सक्ने आशंका गरेका छन् । उनीहरूका अनुसार सुरुमा चमेरोबाट सालकमा भाइरस सरेको र सालकको मासु खाँदा मानिस सं क्र मित भएको हुन सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।

चिनिया समाचार माध्यम सिन्ह्वाका अनुसार सालकबाट लिएको भाइरसको नमुना र सं क्र मित व्यक्तिबाट लिएको नमुनामा ९९ प्रतिशत समानता रहेको पाइएको छ ।सालकले किरा फट्याङ्ग्रा खाँदा चमेरोको र्‍याल पनि खाएको र सोही सालकको मासु खाँदा मानिसमा कोरोना भाइरस सरेको हुन सक्ने पनि अनुसन्धानकर्ताले बताएका छन् ।