१७ बर्षिया किशोरीले जन्माइन बच्चा, प्रेमीले मेरो बच्चा होइन भन्दै भागे

सूचना दैनिक
आइतवार, फाल्गुन ११, २०७६

मोरङ । मोरङको उर्लाबारी मंगलबारेमा एक अनौठो घटना भएको छ । एक १७ बर्षीय किशोरीको बिबाहपनि भएको छैन । गर्भवती भएको परिवारले समेत चाल पाएनन् । तर उनीबाट एक्कासी शिशु जन्मिएको छ । कलिलो उमेरमा बच्चा जन्माएकी किशोरीका परिवारलाई अहिले आपत परेको छ ।

मंगलबारे घर भएकी ती किशोरीको एकजना निशान धिमाल नाम गरेका बेलबारीका युवकसँग प्रेम सम्बन्ध रहेको र ऊनीसँग सम्बन्ध पनि पटक पटक राखेको किशोरीको दावी रहेपनी ती युबकले आफ्नो बच्चा नभएको बताउदै पन्छिदै आएका छन । युबकले आफ्नो बच्चा नभएको जानकारी गराएपछी बच्चा र ती बालिकाको बिजोक भएको छ ।

बालिकाको पक्षबाट युवकको परिवारसंग पनि पटक पटक आपसमा मिलाउन अनुरोध गरिएपनी युबक अनि उनको परिवारले अस्विकार गरेपछी अहिले बालिका आफुले न्याय नपाएको भन्दै भावुक भइन । फेसबुकबाट भएको चिनजान बिस्तारै माया बदलिएको थियो ।

गाढा मायाप्रेम झाङिदै गएपछी अन्ततः युवती गर्भवती बनिन । आफू गर्भवती भएको करिब चार महिना भएपछी मात्र आफुले थाहा पाएको र प्रेमीलाई जानकारी गराइन । प्रेमीले आफ्नो बच्चा हैन भनेपछी बारम्बार फोन गरिरहिन प्रेमिले फोन काट्ने देखि नानाथरी गाली गर्ने सम्म गरेका सम्झिदै भावुक बनिन । केटिको घरमा कोहि परिवार नबस्ने र उनिमात्र बस्ने गरेकी थिइन् ।

प्रेमी पटक पटक आउने र धेरैदिन घरमै बस्ने गरेको बताइन । त्यो सानो शिशुको मुहार हेर्दै भावुक हुँदै उनले सबै नालीबेली बताइन । उनी बोल्दाबोल्दै भक्कानो छाड्छिन तरपनि उनको साहारा कोही छैन । उनी अधिकारकर्मीको सहयोगमा रहेकी छिन् । कानूनी रुपमा नै बदमासी गर्ने प्रेमीलाई उसको अंश जिम्मा लगाउने पर्खाइमा छिन् ।