पूर्वडीआईजी रमेश खरेल र ज्ञानेन्द्र शाहीको नयाँ दल “हाम्रो नेपाल, हामी नेपाली”

सूचना दैनिक
बुधबार, फाल्गुन १४, २०७६

काठमाडौं, १४ फागुन / नेपाल प्रहरीका पूर्वडीआईजी रमेश प्रसाद खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शूरू गर्ने भएका छन् । अभियानको औपचारिक घोषणा भने भोलि बिहीबार साढे दुई बजे कठमाडौंको बिजुली बाजरमा एक कार्यक्रम गरी गरिने ज्ञानेन्द्र शाहीले बताउनुभयो ।शाहीले भ्रष्टाचारको अत्य, रोजगारीको र्सिजना, स्वस्थ्या र शिक्षा निशुल्क, राजिनीतिक सुद्धिकरण, राष्ट्रयताको संरक्षण र विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको सुनिश्चितता अधिकारको लागि अभियन सक्रिय बनाउने बताउनुभयो ।

‘हाम्रो नेपाल हामी नेपाली’ अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, डाक्टर नयारण घिमिरे , डाक्टर नन्द काफ्लेलगायत रहेकाे शाहीले बताउनुभयाे । यस अभियानका संयोजक भने पूर्वडीआईजी रमेश खरेल हुनुहुन्छ ।२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले डीआईजी पदबाटै राजीनामा दिनुभएकाे थियाे । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने शाही यसभन्दा अगाडी नेपालका लागि नेपाली अभियानमा हुनुहुन्थ्याे । तर अभिव्यक्ति र कार्यशैलीका कारण गत मंसिरमा उक्त अभियानबाट हटाइएकाे थियाे ।

आफूहरुको एजेण्डाविरुद्ध शाही लागेकाे भन्दै अभियानमा संलग्न बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारीलगायतले शाहीलाई हटाएका थिए । न्यौपाने र भण्डारीकाे समूह राजतन्त्रको पक्षमा वकालत गर्दै आएकाे छ ।पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि संगठनमा ल्याउनेबारे छलफल भइरहेको बताइएको छ । यस अभियनमा अन्य सामाजिक अभियन्ताहरू पनि जाेडिने बुझिएकाे छ ।