श्रीमतीसंग काठमाडौं स्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका श्रीमान बाटैदेखि बे;प’ त्ता , छोराछोरीको यो हाल, रुदै खोलिन यस्तो ड’र’ला’ग्दो र’ह’स्य (भिडियो सहित)

सूचना दैनिक
बिहिबार, फाल्गुन १५, २०७६

श्रीमतीसंग काठमाडौं स्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका श्रीमानले उनलाई काठमाडौंमै छोडेर ह’राएको तीन वर्ष भइसक्यो । आफ्नो घर जान्छु तिमी बसीराख भनेर हिडेका श्रीमान अहिले सम्म फर्केर आएनन् । हराएको तीन वर्ष भइसक्दा पनि उनको हालखबर थाहा हुन सकेको छैन । महोत्तरीको वर्दिवासका अन्जना कटुवाल देवकोटाका श्रीमान ह’राएको तीन वर्ष भइसकेको छ । काठमाडौं पशुपतिनाथ मन्दीरको दर्शन पछि उनले म वर्दिवास जान्छु, भनेर श्रीमतीलाई भनेर हिडेका थिए । सल्लाह गरेर नै तराई घर जान्छु भनेर हिडेका हुन् । उनी श्रीमानलाई लिएर माइत काठमाडौं आएकी थिइन् । माइतको आमा विरामी भएका कारण उनी श्रीमानलाई लिएर आमा भेट्न आएकी थिइन् । पशुपतिनाथ मन्दीर दर्शन पछि उनले म घर जान्छु भनेर सल्लाह मै हिडेका थिए ।

तर उनी काठमाडौंवाट हिडेपछि पथलैया पुग्दा सम्म फोन सम्पर्क पनि भइरहेको थियो । त्यसपछि भने उनको फोन पनि लागेन, उनी पनि फेला परेनन् । उनको अवस्था के छ भन्ने पनि श्रीमतीलाई थाहा पनि छैन । उनले प्रहरीलाई पनि गुहारीन्, मिडिया पनि गुहारेकी थिइन् । तर कसैले पनि सहयोग गरेनन् । तीन वटा छोराछोरी लिएर उनी श्रीमानको खोजिमा छन् । छोराछोरीलाई माइतीको दिदीबहिनीको सहयोगमा पढाइरहेकी छन् ।

१० कक्षा सम्म छोराछोरी पढाए पछि श्रीमान ह’राएपछि त्यो भन्दा माथिको पढाई कसरी पढाउने भनेर उनी चि’न्तित भइन्, मानसिक स’मस्या पनि भयो त्यस्तो अवस्थामा उनको दिदी भिनाजुले सहयोग गरिरहेका छन् । उनलाई आफ्नो भन्दा पनि छोराछोरीको भविष्यले रुवाएको छ । अगाडी छोराछोरीलाई पढाउने भन्ने केही टुंगो छैन । जसोतसो पढ्दै गरेका छोराछोरीको पनि पढाई वि’ग्रिएको छ । बाबा हराउँदा उनको जेठी छोरीले एसएसली दिँदै थिइन् ।

श्रीमान ह’राएपछि ससुराले काठमाडौंमा भएको घर पनि बेचिदिए । सानो छोराले ममी हजुरसंग ५ रुपैया पनि छैन म चकलेट खाँदिन भन्दा मन भ’क्कानिने गरेको बताइन् । छोरा ह’राएपछि ससुराले पनि हेला गरेको उनले बताइन् । उनले काठमाडौंको घर समेत बेचेर सडकमा आउन बाध्य पारेको बताइन् । घरमा दशैंमा टिका लगाउन जाँदा पनि छोरा भएन वंश सकिने भयो भनेर सासु ससुराले दवाव दिएका कारण आफुले तेस्रो सन्तानका रुपमा छोरा जन्माएको बताइन् ।

हेर्नुहोस भिडियोमा