वीपी प्रतिष्ठानमा लापरबाहीका कारण इटहरीकी बुढाथोकीको मृत्यु

सूचना दैनिक
बिहिबार, फाल्गुन १५, २०७६

वीपी प्रतिष्ठानमा लापरबाहीका कारण इटहरीकी बुढाथोकीको मृत्यु

धरान / सुनसरीको धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानमा डेलिभरी गराउन गएकी इटहरी–४ की लक्ष्मी बुढाथोकीको मृ त्यु भएको छ ।

गत १२ गते डेलिभरी गराउन वीपी प्रतिष्ठान पुगेकी बुढाथोकीको अस्पतालको लापरवाहीकै कारण मृ त्यु भएको आफन्तहरुले आरोप लगाएका हुन् ।

अस्पतालमा ज्यान गुमाएकी इटहरी–४ की लक्ष्मी बुढाथोकी ।
बुधबार बिहान सम्म आमा र बच्चाको अवस्था राम्रो छ डाक्टरले भने पनि राती करीब एक बजेको समयमा आमा र बच्चाकै मृ त्यु भएको भनेर अस्पतालले गम्भिर त्रुटि गरेको मृतकका छिमेकी विक्रम थापाले बताए । उनले बारम्बार नर्मल डेलिभरी नभए पछि अप्रेशन गर्न आग्रह गरेपनि डाक्टरहरुले बेवस्ता मात्र गरिरहेको गुनासो गरेका छन् ।

आफ्नो सन्तान जन्माउन अस्पताल आएपनि अस्पतालकै कारण आफुले श्रीमती र शिशु गुमाउनु परेको भन्दै मृतकका श्रीमान विनोद बुढाथोकीले चरम लापरवार्ही गरेको अस्पताललाई कारबाही गर्न माग गरेका छन् ।