कोरोनाको उपचारमा नेपालकै यो जडिबुटी उपयोगी, चिन र भारतमा संक्रमित निको भएपछि नेपालमा पनि परिक्षण गरिदै

सूचना दैनिक
सोमवार, जेष्ठ २६, २०७७

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको औषधि र खोप पत्ता लगाउन अहिले विश्वका चिकित्सक लागेका छन् । नेपालमा पनि एक जना चिकित्सकले कोरोनाको औषधि र खोप तयार गरेको दावी गरेका छन् । सो विषयमा विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ भने नेपालमा परिक्षण थालिएको समाचार बाहिरिएको छ ।

नेपालमा कतिपय रोगहरुको उपचार जडिबुटी र घरेलु औषधिवाट गरिदै आएको छ । कोरोना पनि एक प्रकारको भाइरसवाट हुने भएकाले नेपालमा भाइरसको उपचारका लागि घरेलु जडिवुटी उपयोगी हुदै आएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना संक्रमितको उपचारमा औषधिको रुपमा जेठी मधुको परीक्षण गर्ने भएको छ। जेठी मधु दम, खोकी, तथा पेटका रोग निको पार्न प्रयोग हुँदै आएको छ ।

‘एन्टी भाइरल’को रुपमा विदेशमा पनि जेठी मधुको प्रयोग गर्दा त्यसको राम्रो परिणाम देखिएकाले नेपालमा कोरोना संक्रमितको उपचारमा यसको प्रयोग गर्न लागिएको परिषदका सदस्य सचिव डा। प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।‘नेपालमा मात्र होइन जेठी मधुको प्रयोग भारत र चीनमा पनि गरिएको छ। त्यहाँ पनि यसको प्रयोगले सकारात्मक परिणाम देखाएको छ । यस विषयमा आइतबार पनि पदाधिकारीहरुबीच छलफल भएको छ।

अनुसन्धानमा जेठी मधु लिनुअघि र पछि संक्रमितको शरीरमा उत्पन्न हुने एन्टिबडीमा कस्तो फरक देखियो भनेर अध्ययन गरिने चिकित्सकले बताएका छन् । यो अनुसन्धानलाई परिषदको एथिकल कमिटीले स्वीकृति दिने अन्तिम चरणमा पुगेको पनि उनले बताएका छन् ।etajakhabar