यिनै नेपाली थिए, जो भारतमै ४० डाकासँग एक्लै लडेर नारीको ईज्जत जोगादिए…हिमेशले नै यस्तो भनेका थिए

गोर्खाली अर्थात नेपाली भन्ने वित्तिकै हिम्मत, साहसको कुरा पहिला आउँछ । एउटा घटनाले भारतका जनता नेपालीलाई बारम्बार सम्मानका शब्द पुकारिरहेका हुन्छन् ।पर्बत जिल्लाको बाच्छा गाउमा जन्मी माथि गोर्ल्यांग गल्छिना र तल बाच्छाखोला हुँदै काली गङ्गा सम्मका पाखा पखेरा खोच खन्तेराहरुसँग हाँस्दै खेल्दै पिरती गास्दै देउराली खोला हुदै कडेनी साँघु मुनि र भुतेको दहमा पौडी खेल्दै बाच्छा गाउको रमाइलो बाताबरण संगै हुर्किनु भएका युबा बिष्णु श्रेष्ठको नाम भारतियहरुले भुल्नै सक्दैनन् ।

जसको नामले सिंगो नेपालकोपनि शीर उचो भएको छ । नाम चर्चित भएको छ । जो एक्लै मध्यरात घना जंगलमा यात्रुबाहक रेलभित्र ४० डाकासँग एक्लै भिडेर कैयौंको जिउधन जोगाएर बहादुरी मात्र देखाएनन् । केही चेलीहरुको इज्जतपनि बचाए । उनी बहादुर बीर गोर्खाली सेना हुन् । बिष्णु श्रेष्ठ जो भारतीय सैनिकमा कार्यरत छन् ।

जन्मथलो बाच्छा हुँदै कर्मथलोको भारतीय सैनिक भर्ति हुन पुगेका बिष्णु हाल पोखराका स्थायी बासिन्दा हुन् । विष्णु श्रेष्ठ त्यस्ता बहादुर हुन् जो भदौ १७ गते मध्यरात राँची–गोरखपुर रेलयात्राका क्रममा डाँका समूहसँग एक्लै भिडे, एउटै खुकुरीको भरमा। तीन डाँका मा’रिए, लु’टिएका लाखौं मूल्यको धनमाल फिर्ता भयो। श्रेष्ठले धेरैलाई जीवनदान मात्र दिएनन्, बाबुआमाकै सामुन्ने डाँ’का समूहबाट बला’त्कृ त हुन लागेकी युवतीको इज्जत पनि जोगाइदिए।

भारत सरकारले विष्णु श्रेष्ठलाई सौर्यचक्र, ब्रेभरी अवार्ड र सर्वोत्तम जीवनरक्षा मेडलबाट सम्मान गरेको छ ।’भारतमा यस्तो अवार्ड कमैले पाउँछन्।’ अवार्डसँगै उनले भारत सरकारका तर्फबाट ठूलो धनराशिको पुरस्कार र विभिन्न मुलुक जाँदा हवाई तथा रेलयात्रामा विशेष सुविधासमेत पाउँदै। गोर्खा रेजिमेन्ट ७–८ जिआर पल्टनमा नायक पदमा १७ वर्षदेखि सेवारत उनी स्वेच्छिक अवकास लिएर सेप्टेम्बर २ मा घर फर्कंदै थिए।

उनी चढेको ‘मोहरिया एक्सप्रेस’ को रेलमा मध्यरात जंगलमा डाँ,का समूहले डकैती गर्‍यो।राँची–गोरखपुर चल्ने उक्त रेल छुटेको चार घन्टापछि राति १२ बजे पश्चिम बंगालको चित्रगन जंगल आइपुग्दा करिब ४० जनाको डाँ’का समूहले रोकेर लु’टपाट मच्चायो। सबै यात्रुबाट एकेक गरी गहना, मोबाइल, नगद, ल्यापटपलगायत धनमाल लुटेको उनी टुलुटुलु हेरिरहे। तर, आफ्ना कुनै सामान दिएनन्। जब डाँ’काहरूले ज’बर्ज स्ती कपडा उ तार्न थालेपछि बाबुआमासँगै रहेकी १८ वर्षीया युवतीले गुहार मागिन्, त्यसपछि उनले मन थाम्न सकेनन्। एक्लै खु’कुरीको स हाराले डाँ’कासँग भि’ड्न थाले।

उनले सुरुमा एकजनालाई क’ब्जामा लिएर खु’कुरीको सहारामा अरूमाथि आ’क्र मण गरेका थिए। एक–एक गर्दै तीनजनालाई मा’रे र अन्य आठजनालाई घा’इ ते बनाएपछि अरू डाँ’का भागेको उनले सुनाए। त्यस क्रममा डाँ’काको खुँ’डा प्रहारबाट उनको बायाँहातमा गहिरो चो’ट लाग्यो भने युवतीको गर्धनमा समेत खुँ डाले सामान्य चो’ट पुर्‍यायो।

प्रकाशित मिति June 8, 2020

प्रतिकृया दिनुहोस