चितवनमा काेराेना संक्रमित ६८ वर्षीय वृद्धको मृत्यु

सूचना दैनिक
मङ्लबार, जेष्ठ २७, २०७७

बुटवल, २७ जेठ । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामूहिक हत्या भएका पाँचैजनाको पहिचान खुलेको छ ।
चितवन, २७ जेठ । हिजोमात्रै कोरोना संक्रमण देखिएका ६८ वर्षीय वृद्धको आज बिहान निधन भएको छ । भरतपुर महानगरपालिकाका स्थानीय ६८ बर्षीय वृद्धको आज मंगलबार बिहान ७ बजेर ५ मिनेटमा निधन भएको अस्पताल स्रोतले बताएको छ

शव अहिले भरतपुर अस्पताल राखिएको छ। उनी नारायणी सामुदायिक अस्पतालमा उपचाररत थिए । कोेरोना पुष्टि भएपछि हिजो सांझ भरतपुर अस्पताल सारिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको मारिनेमा १ महिला र ४ पुरूष रहेका छन् । उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन।

मृत्यु हुनेमा सात वर्षीय करण चौधरी, १७ वर्षीय आशिष चौधरी, ३५ वर्षीया जानकी मुसहर, ४० वर्षीय माधव मुसहर र १४ वर्षीय पोषराज मुसहर रहेको प्रहरीले जनाएको छ । माधव र जानकी श्रीमान-श्रीमती हुन् ।

घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । प्रहरीकाे अनुसार धेरैको घाँटीमा चोट लागेकाे देखिन्छकाे छ ।

उक्त हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन् । मंगलबार बिहान अपराधस्थलबाट भाग्दै गर्दा सिजापतिलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सिंजालीले राति हत्या गरेर सिंजालीले पांचै जनालाई तन्नाले बेरेका थिए ।

सिंजालीले कोदालो प्रहार गरी हत्या गरेको प्रहरी अनुमान छ । घटनास्थलमा अहिले रुपन्देही प्रहरीका एसपी हेम थापाको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।