आज महानायक राजेश हमालको जन्मदिन कति बर्षका भए राजेश हमाल

सूचना दैनिक
मङ्लबार, जेष्ठ २७, २०७७

काठमाडौ, जेठ २७- आज चर्चित महानायक राजेश हमालको जन्मदिन परेको छ । आज अर्थात मंगलबार उनको जनपदन परेको हो । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका उनि नेपाली चलचित्र जगतमाछुट्टै पहिछान बनाउन सफल भएका छन् । ५६ बर्ष लागेका उनले ३ दशक लामो फिल्म यात्रामा २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

उनका हामी तीन भाइ, देउता, अल्लारे, अजम्बरी नाता, पालेदाई, आशीर्वाद जस्ता फिल्म उनका हिट मानिन्छन् ।सन् १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए ।

एउटा पाकिस्तानी फिल्म पनि अभिनय गरेका उनका लागि आफूले गरेका फिल्ममध्ये देवताु र वसन्तीु सबैभन्दा मनपर्ने फिल्म हुन् ।अभिनेता हमाल अभिनीत पछिल्लो रिलिज फिल्म शकुन्तलाु हो ।हमालले उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन् ।